वैवाहिक बलात्कारबाट पीडित श्रीमती उल्टै थुनामा

झुट्टा मुद्दामा फसाउन श्रीमान्ले प्रहरी-अदालतमा सेटिङ गरेको आरोप

हिमालय टाइम्स
Read Time = 35 mins

काठमाडौं । महिलाले हनीट्र्यापमा पारेर पुरुष फसाएका घटना त धेरै छन्, तर पुरुषले प्रहरीसँग मिलेर महिलालाई फसाएको घटना भने बिरलैै सुन्न पाइन्छ । तर, जापानमा व्यवसाय गर्ने महिला भावना तामाङलाई फुर्वा तामाङले प्रहरीसँग मिलेर झुटो मुद्दामा फसाएको आरोप लागेको छ । भावनाका अनुसार फुर्वाको योजनामा प्रहरी, सरकारी वकिलदेखि अदालतसम्मले साथ दिएका छन् । श्रीमान् फुर्वा तामाङको अप्राकृतिक यौन सम्बन्धबाट महिनौँसम्म पीडित हुँदै आएको भन्दै उनकी श्रीमती भावनाले सँगै बस्न नसकेर डिभोर्स गर्ने निर्णयमा पुगेको बताएकी छिन् । विवाहअघि आफूले जोडेको सम्पत्तिमा पति फुर्वाले आँखा गाडेको र छुट्टिनुपर्ने अवस्था भएपछि फसाउने नियतले आफूविरुद्ध मुद्दा लगाई जेलमा पुर्‍याएको भावनाको आरोप छ । फुर्वाको नियोजित उक्त कार्यमा सरकारी वकिलदेखि अदालतले समेत साथ दिएपछि प्रहरी र अदालतमै सेटिङ भएको आशंका पीडित पक्षले गरेका छन् ।

यसरी सुरु भएको थियो फुर्वा र भावनाको प्रेम कथा
भावना तामाङको फुर्वा तामाङसँग २०७७ को पुसमा फेसबुकमार्फत चिनजान भयो । मलेसियामै बसिरहेका फुर्वा र जापानमा बसिरहेकी भावना एकअर्कासँग सामाजिक सञ्जालमा बोल्दै जाँदा दुवैजना एकअर्काको प्रेममा परे र केही समयमै फुर्वाले भावनासँग विवाह गर्ने प्रस्ताव राखे । भावना तामाङले आफू विवाहित भएको तर सम्बन्ध राम्रो नभएपछि डिभोर्स गर्न लागेको बताइन् । आफ्नो विगतबारे सबै कुरा बताएपछि पनि फुर्वा भावनासँग विवाह गर्न तयार भए । फुर्वाले फागुनको पहिलो हप्तामै आफू नेपाल आउने र भावनालाई पनि त्यसबेलै नेपाल आउन भने । दुवैजना नेपाल आएर विवाह गर्ने सल्लाह गरे । नेपाल आएको तीन दिनमै फुर्वाले भावनालाई आफ्नै घरमा लगे र घरमा परम्परागत रूपमा हेराएपछि फागुनको १० गते विवाहको साइत तय भयो । तर, भावनाको पहिलेको श्रीमान् साजन मोक्तानसँग डिभोर्सको प्रक्रिया टुंगिसकेको थिएन । २०७७ साल फागुन १७ गते भावना र साजनको मिलापत्रमा डिभोर्स भएको थियो । डिभोर्स सम्पन्न भएपछि २०७८ साल वैशाख २४ गतेका लागि वैवाहिक कार्यक्रम राखियो । तर, उक्त समयमा लकडाउन भएकाले घरायसी रूपमा दुई परिवारको भेलामा थोरै सदस्यहरूको उपस्थितिमा विवाह सम्पन्न गरियो ।

विवाहका दिनबाटै सुरु भयो खटपट
फुर्वाले जुन दिन भावनालाई घर भिœयाएका थिए भिœयाएको एक घण्टामै सम्बन्धमा खटपट भयो । बिहानको ९ बजेको समयमा घर भित्र्याउँदा एक घण्टासम्म कोठामा टीकाटालो भयो । घरमा बुहारी भित्रिएको भनी पाहुनाहरू पनि धेरै आएका थिए । तर, फुर्वाले घर भित्र्याएको एक घण्टामा बिहानको १० नबज्दै भावनालाई आफ्नो कोठामा लिएर गए र चुकुल लगाए । त्यही बेलामै भावनासँग शारीरिक सम्पर्क राख्न खोजे तर भावनाले मानिनन्, घरभरि पाहुना भएको बेलामा यसौ नगरौँ राति त छँदैछ नि भनी सम्झाउँदा पनि फुर्वाले जबरजस्ती गर्न खोजेपछि भावनालाई कस्तो केटासँग विवाह गरेँछु भन्ने हीनताबोध भयो । यसरी खटपटबाटै वैवाहिक सम्बन्ध सुरु भयो ।
फुर्वाले भावनालाई श्रीमतीसरह दिनुपर्ने माया र सम्मान कहिल्यै दिएनन् । केवल यौन सन्तुष्टिका लागि मात्रै विवाह गरेजस्तो व्यवहार गरे । यौन सन्तुष्टि मेटाउने साधन जस्तै व्यवहार गरे । फुर्वाले भावनासँग दिनकै पाँच÷६ पटकसम्म यौन सम्बन्ध राख्थे । फुर्वालाई दिनमा कम्तीमा पनि पाँच÷६ पटक यौन सम्बन्ध राख्नुपथ्र्यो तर भावनालाई असह्य पीडा हुन्थ्यो । भावनाले दुई/तीन पटकसम्म मात्रै यौन सम्बन्ध राखौँ भन्दा पनि फुर्वा झर्किन्थे । तीन पटकसम्म भावनाले सहन सके पनि त्यसपछि नाइँ भन्दा फुर्वाले जबरजस्ती नै गर्थे । पटकपटकको जबरजस्ती करणीका कारणले भावनालाई असह्य पीडा भई रुनुपथ्र्यो । फुर्वाले श्रीमती भावनालाई मानसिक तथा शारीरिक तनाव दिन्थे । यदि आफूले यौन सम्बन्ध राख्न नपाए पैसा तिरेर बाहिरै यौनसम्पर्क राख्न जान्छु भनेर झर्किन्थे, रिसाउँथे ।

यौन क्षमता बढाउन लिंगको शल्यक्रिया
फुर्वा तामाङले भावनासँग विवाह गर्नुअघि नै गुच्चा जस्तो आकारको तीनवटा वस्तु शल्यक्रियाद्वारा आफ्नो लिंगमा राखेका रहेछन् । यसले उनको यौन क्षमता निकै बढाएको रहेछ र एकैदिनमा धेरै पटकसम्म यौन गर्न सक्ने क्षमता बढाएको रहेछ । फुर्वाले उक्त गुच्चा जस्तो वस्तु लिंगमा राखेका कारण भावनासँग यौन सम्बन्ध राख्दा भावनालाई धेरैभन्दा धेरै पीडा हुने गर्दथ्यो । यौन सम्पर्क राख्ने क्रममा दुःखाइको पीडाका कारण कैयौँपटक बीचमै रोकेर बस्नुपर्ने, रुनुपर्ने र झगडा गर्नुपर्ने अवस्था भावनालाई आइपथ्र्यो । भावनाले त्यो गुच्चाजस्तो वस्तुलाई पटकपटक शल्यक्रिया गरी निकाल्न अनुरोध गर्दा पनि फुर्वाले मान्दैनथे र त्यसलाई झिक्न थाइल्याण्ड जानुपर्छ भन्थे । तर, भावनाले आफू छोरी मान्छे भएका कारण आफू र आफ्नो समाजका लागि भए पनि सहेरै सम्बन्धलाई निरन्तरता दिएकी थिइन् । आफ्नो उमेर ३७ वर्षको पुगिसकेकाले अब फुर्वासँग सहेरै जिन्दगी कटाउँछु आफ्नो भाग्यमा यस्तै रहेछ सोचेर पीडा सहेरै बस्ने र फुर्वा सुध्रिने कामना गर्ने भनेर भावना बसिन् ।

यसैबीच फुर्वाको अरू केटीसँग पनि सम्बन्ध भएको कुरा भावनालाई थाहा भयो । यसले पनि दुवै जनाको सम्बन्धमा चिसो ल्याइरहेको थियो । फुर्वाले भावनामाथि अनेक शंका गर्ने गर्दथे । १० मिनेट फोन नउठाउँदा पनि रिसाउने, मुख छाड्ने, नानाथरी शब्दहरू बोल्ने गर्थे । तरकारी किन्न पनि एक्लै जान नदिने गर्थे, शंका गर्थे । फुर्वाले भावनालाई आफ्नै दिदीबहिनीसँग समेत भेट्न दिँदैनथे । कतै नगई घरमै बसोस् भन्ने उनी चाहन्थे । आफ्नी श्रीमतीलाई उनले मानसिक तनावसमेत दिने गर्थे ।

दिनमा तीनपटकभन्दा बढी सम्भोग गर्ने र नदिएमा सौता हाल्ने, अर्को विवाह गर्ने धम्की दिँदै फुर्वाले भावनालाई त्रासमा राख्दै आएका थिए । फुर्वाका यी शब्दहरूले भावनाको मनलाई ठूलो चोट पु¥याउँथ्यो । यस्तो सम्मको अत्याचार हुँदा पनि उनले सबै कुरा मनमै गुँम्साएर राखेकी थिइन् । समाज र परिवारको इज्जतका लागि भनेर सहेर बसेकी थिइन् ।

२०७८/१०/११ मा भएको घटना हो । फुर्वाले यौनक्षमता वृद्धि गर्ने औषधि सेवन गरी भावनाको मलद्वारमा समेत जबरजस्ती करणी गरे । मलद्वारमा जबरजस्ती करणी गर्दा दुःखाइको पीडाले भावना केही समय बेहोससमेत भइन् । उनलाई एक्कासि आँखाको अगाडि बत्तीको झिल्को देखेझैँ भयो र फेरि कालो अँध्यारो भएजस्तै भयो । होस आउँदा उनी छट्पटाइ रहेकी थिइन् । उनको शरीर पसिनाले भरिएको थियो । दुःखाइ खप्न नसकेकाले उनी केही समय बोल्न पनि सकिनन् । त्यस समय फुर्वा पनि आत्तिएर भावनालाई बोलाइरहे । अलि समय दुःखाइ कम भएपछि उनका मुखबाट वाक्य खुल्यो । फुर्वाले सय चोटिभन्दा बढी माफी मागे । तर, भावनालाई अस्पताल जान लाज भयो । पति भनाउँदाले जबरजस्ती अप्राकृतिक मैथुन गरेको लाजलाग्दो कुरा परिवारलाई पनि उनी भन्न सक्दिनथिन् । एक हप्तासम्म उनको मलद्वार सुनिएर पछि ठीक भयो । उनले आफ्नो पीडा कसैलाई भन्न सकिनन् । एवं रीतले फुर्वा मोक्तानले २०७८ साल वैशाखदेखि २०७८ साल पुस १७ गतेसम्म निरन्तर जबरजस्ती करणी गरेका थिए । मानसिक तथा शारीरिक पीडाका कारण भावना कैयौँ समय डिप्रेसनमा परिन् ।

विगत नौ महिनाको अवधिमा भएका जबरजस्ती करणीका पीडाबाट जोगिन भावना माइत गइन् । फुर्वा पनि सँगै गए । आफूलाई भएको व्यवहारबारे कसैलाई नभन्न फुर्वाले भावनालाई कसम खुवाए र त्यो कुरा कसैलाई भनेपछि फुर्वाले भावनाको मुखमा एसिड फालेर कुरूप बनाइदिने धम्की पनि दिए । विवाह भएदेखि नै आफ्नो अनुहारमा कहिल्यै खुसी आउन नसक्दा भावना दिनप्रतिदिन पीडा सहँदै गइन् । उनी टोलाइरहने गर्थिन् । तर, माइतीमा पनि उनी फुर्वाको जबरजस्ती करणीबाट जोगिन सकिनन् । फुर्वाले आफ्नो गल्ती सुधारेर सुध्रिने आश्वासन दिई माइतीबाट घर फर्काए पनि उनी सुध्रिएनन् ।

फुर्वाको पहिलेको सम्बन्धबारे विवाहपछि मात्र भावनाले थाहा पाइन्
भावना केही दिन बाहिर जाँदा फुर्वाको उसको गर्लफ्रेन्डसँग कुरा हुन्थ्यो र म्यासेज पनि आउने गथ्र्यो । तर, त्यसरी फुर्वालाई म्यासेज गर्ने ऊसँग बोल्ने केटी उसको गर्लफ्रेन्ड मात्र नभएर श्रीमती नै रहिछन् । तर, फुर्वाको पहिले नै अरू कोही श्रीमती छ भन्ने कुरा भावनालाई थाहा थिएन । अप्सरा चौलागाईं÷क्षेत्री भनेर चिनिने ती केटीसँग फुर्वा मोक्तान मलेसियामै हुँदा श्रीमान्÷श्रीमती बनेर ‘लिभिङ टुगेदर’मै बसेका रहेछन् । जुन कुरा भावनाले फुर्वासँग बिहे गरेको लामो समयपछि मात्र थाहा पाइन् । भावनाले फुर्वालाई आफ्नो विगतका सबै कुरा बताए पनि फुर्वाले भावनासँग आफ्नो विगतको सम्बन्ध लुकाएका रहेछन् । फुर्वा मलेसिया जानुअघि नै नेपालमा उनको छोरी रहेछन् जो १४÷१५ वर्षको रहिछन् भन्ने कुरा पनि भावनाले पछि मात्र फुर्वाका साथीहरूबाट सुनिन् । उता, मलेसियामा गएपछि अर्को वैवाहिक सम्बन्धमा रहेछन् भन्ने कुरा भावनाले फुर्वासँग आफ्नो विवाह भएको सात/आठ महिनापछि मात्र थाहा पाइन् । अहिले पनि मलेसियामा रहँदा सँगै बसेकी अप्सरा क्षेत्रीसँग फुर्वाको सम्पर्क भइरहँदो रहेछ ।

आजित भएर जापान गइन् भावना
कोरोनाका कारण लामो समय नेपालमा लकडाउन भयो । लकडाउन खुकुलो भएपछि सरकारले जापान जाने अनुमति दियो । फुर्वाको अत्याचार जबरजस्ती करणीबाट जोगिन काम गर्नका लागि उनी २०७८/१०/२५ मा जापान गइन् । भावना जापान गएपछि फुर्वाले आफूलाई पनि जापान बोलाउन दबाब दिइरहे । फुर्वाको फोन उठाउन नसकेपछि उनले भावनालाई विभिन्न अभद्र गाली गलौज गर्ने गरेका थिए । उनले बढीभन्दा बढी शंका गर्न थाले । जापान गएको चार दिनपछि फुर्वा मोक्तानले फोनमा भावनालाई आफूले चाहेकै बेलामा यौन सम्पर्क गर्न दिने भए जापान आउने नत्र भावनासँग डिभोर्स गर्ने बताए । उनले आफूलाई धेरै यौन सम्पर्क चाहिने तर भावनाले दिन नसक्दा श्रीमान्/श्रीमतीको जहिल्यै झगडा पर्ने बताए । आफूहरूको झगडाको मूलकारण पनि यही हो भनी उनले बताए । भावनाले यौन सम्पर्क गर्न दिने तर नेपालमा रहँदा गरेको जस्तो धेरै पटक पटक नै गर्नुपर्ने हो भने त आफूले त्यस्तो गर्न नसक्ने बताइन् । फुर्वाले भावनालाई दुईटा उपाय दिए या त डिभोर्स गर्नुपर्ने नभए उनले चाहेजति यौन सम्पर्क गर्न दिनुपर्ने । भावनालाई दुईमध्ये एउटा कुरा छान्न निकै अप्ठ्यारो पर्‍यो ।

आफूले माया गरेर विवाह गरे पनि फुर्वाले भने यौन तथा शारीरिक सम्बन्धकै लागि विवाह गरेको जस्तो व्यवहार देखाएको भावनालाई अनुभूति भयो । फुर्वाको यो कुरा सुनेर आफूले उनलाई ‘दिनको दुई-तीनपटक दिएकै थिएँ त भनी थुक्क पापी’ भन्दै उनले भिडियो कल काटेकी थिइन् । तर, त्यसरी फोन काटेर नबोलेपछि फुर्वाले भावनालाई कुन चाहिँको काखमा होला त्यसैले फोन काटिदियो होला भनेर विभिन्न आरोपहरू लगाउने गाली दिने गर्थे । भावना आफू तनावमा परेर औषधिसमेत लिने गरेकी थिइन् ।

भावनाले तनाव बेहोरिरहेका बेला यस विषयलाई लिएर उनले फुर्वाको मिल्ने साथी प्रकाश समीर भनेर चिनिने प्रकाश विकलाई फोन गरेर फुर्वाले आफूलाई दुःख दिएको सबै कुरा बताइन् । फुर्वालाई सम्झाइदिन आग्रह गरिन् । तर, उनले मिल्नुहोस् भन्थे जुन मिल्ने प्रयास भावनाले कैयौँपटक गर्दा पनि सकेकी थिइनन् ।

तर, पछि डिभोर्स नै गर्छु र अदालतमा प्रक्रियाअनुसार नै सम्पत्तिको हिसाबकिताब गरौँला भन्ने निर्णयमा भावना पुगेपछि प्रकाश विक र फुर्वा मोक्तानले भावनालाई म्यासेजमै धम्काउने सामाजिक सञ्जालमै फोटो हालेर बद्नाम गर्ने धम्की दिन थाले । भावना उनीहरूसँग सम्पर्कविहीन नहुँदा पनि सम्पर्कविहीन भयो भनेर सामाजिक सञ्जालमा हाल्छु भनेर म्यासेज पठाइरहे । भावनाले यसमा आफ्नो कुनै गल्ती नभएको बताएकी थिइन् । एक त डिभोर्स माग्ने पनि आफैँ अनि सम्पर्कविहीन नभए पनि भयो भनेर आरोप लगाउने पनि आफैँ त्यस्तो गर्न पाप लाग्दैन र भनेर भावनाले जवाफ दिएकी थिइन् ।

तर, फुर्वा मोक्तानले भने भावनालाई बद्नाम गराउने उद्देश्यले सामाजिक सञ्जालमा कहिले बूढी हराएको सूचना, कहिले मानिस मरेको भन्दै पिण्डपानी दिने आपत्तिजनक पोष्ट हाल्ने गरेका थिए । अब भावनाले नेपालमै फुर्वासँग सल्लाह गरेरै यो समस्या सल्टाउने निर्णय गरिन् । यदि फुर्वाले भावनालाई बद्नाम पार्ने गरी सामाजिक सञ्जालमा राखेका कुराहरूलाई लिएर माफी मागे भने ठिक छ नभए मिलापत्रमै सम्पत्ति नै नलिने गरी डिभोर्स गर्ने निर्णय भावनाले गरिन् । फुर्वाले भावनाविरुद्ध फेसबुकमार्फत् बद्नाम गर्ने गरी गरिएका त्यस्ता हर्कतबाट आजित भएर भावना २०७९ साल वैशाख १२ गते नेपाल फर्किन् ।

घरेलु हिंसाविरुद्ध प्रहरीमा भावनाको उजुरी
नेपाल आएको दुई दिनपछि अर्थात् २०७९ वैशाख १४ गते भावनाले घरेलु हिंसाको कसुरविरुद्ध प्रहरीमा उजुरी दिइन् । महानगरीय प्रहरी वृत्त बौद्धमा उनले आफ्ना श्रीमान् फुर्वा तामाङविरुद्ध उजुरी दिएकी थिइन् । आफ्ना पति फुर्वा तामाङसँग विवाह गरेको केही समयसम्म सम्बन्ध राम्रै भए पनि आफू जापान गएपछि श्रीमान् फुर्वा तामाङले आफ्नाविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा विभिन्न कुराहरू लेखेर पोष्ट गर्ने तथा आफूलाई बद्नाम गर्ने गरी भिडियो सार्वजनिक गर्ने, मानसिक तथा आर्थिक दबाब दिने, गाली गलौज गरी यातना दिने र अप्राकृतिक सहवासमा बाध्यकारी बनाउने लगायतका आरोप लगाएर उनले उजुरी दर्ता गरिन् । उनले फुर्वा तामाङलाई प्रहरीमा झिकाएर छलफलमार्फत मिलापत्र गराई शान्ति सुरक्षा गरिदिन र अन्यथा कानुनबमोजिम कारबाही गरिदिन माग गरिन् ।

प्रहरीको निवेदनबमोजिम भावना र फुर्वाका दुवै पक्ष बसेर यो विषयमा सल्लाह भयो । भावना पक्षकाले फुर्वाले सामाजिक सञ्जालमा भावनालाई बद्नाम गरेका विषयमा माफी माग्नुपर्ने अडान राखे । तर, फुर्वाले आफ्नो कुनै गल्ती नभएको त्यसैले आफूले माफी नमाग्ने बरु मुद्दा नै लडेर जेल जान तयार हुने भनी जिद्दी गरे । यो विषयमा सहमति कायम भएन । सामाजिक सञ्जाललगायत सबैतिर फुर्वाले सबै गल्ती भावनाले गरेको भनी बद्नाम हुने गरी फोटो तथा ‘स्टाटस्’ राखिसकेका थिए ।

साइबर क्राइममा फुर्वाविरुद्ध भावनाको उजुरी
प्रहरीमा दिएको निवेदनबाट सहमति कायम नभएपछि त्यसको एक महिनापछि २०७९ साल जेठ १६ गते भावनाले साइबर ब्युरो भोटाहिटीमा अर्को उजुरी दर्ता गरिन् । फुर्वा तामाङले आफूलाई फेसबुक, युट्युब तथा टिकटक समेतका सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोप भावनाले लगाइन् । उनले जिउँदै भएको अवस्थामा फुर्वा तामाङले मिति सन् २०२२/०३/०१ जनाएर माटोको सानो घैँटो (भुँड्को) मा ‘रिप’ लेखी त्यसभित्र पैसा हालेर मरेको मान्छेलाई चढाउने रीतिरिवाज विधिविधानअनुसार कर्म गरेर आफ्नो अपमान गरेको भावनाले आरोप लगाइन् । आफू जीवित रहेकै अवस्थामा फुर्वाले अफवाह फैलाउने तथा सामाजिक अपमान गर्ने र दूषित उद्देश्यले आफ्नाविरुद्ध ठगेको आरोप लगाउने कार्यले समाजिक बद्नामी भएको र आफ्नाविरुद्ध समाजमा द्वेष फैलाउने र बेइज्जत गर्ने कार्य गरेकोले हदसम्मैको कारबाहीको माग गर्दै भावनाले उजुरी दर्ता गराइन् । फुर्वाको उक्त कार्यले आफूमाथि पर्न गएको मानसिक यातनाको समेत क्षतिपूर्ति भराई पाउन माग गरिन् ।

भावनाविरुद्ध उल्टै फुर्वाको उजुरी
तर, यता भक्तपुर जिल्ला प्रहरी कार्यालयमा भने फुर्वाले आफ्नै पत्नी भावनाविरुद्ध ठगी मुद्दा दायर गरिसकेछन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयको टोलीले भावनालाई पक्राउ ग¥यो । किन पक्राउ गरिएको रहेछ भनेर बुझ्दा फुर्वा तामाङले २०७९ जेठ २६ गते आफ्नो विवाहिता पत्नीले विवाहमा दिएको सुन, धनसम्पत्ति लोभ गरी ठगी गरेको जाहेरीमा उल्लेख छ ।

भावनाको बौद्धमा भएका दुईवटा घर, सम्पत्तिमा आँखा गाडेर फसाउने नियतले भक्तपुर प्रहरीका एसपी शिवकुमार श्रेष्ठसँग सेटिङ गरी दर्ता नै नहुने जाहेरी फुर्वाले दर्ता गराए । सरकारी वकिलले कानुनबमोजिम मुद्दा खारेज गर्लान् भन्ने अपेक्षा भावनाका परिवारजनले गरेका थिए । तर, भक्तपुरका सरकारी वकिल रुद्र पन्थीले श्रीमान् श्रीमतीको लेनदेन दाबी गरिएको जाहेरीमा पनि निसंकोच ठगी मुद्दा दर्ता गर्न भ्याए ।
जिल्ला अदालत भक्तपुरले मुद्दा दर्ता नगर्ला भन्ने आशा भावना तामाङले गरेकी थिइन् । अदालत पनि साधारण तारिखमा छाड्ने तयारीमा थियो । तर, फुर्वा तामाङले अभियन्ता भन्दै केही व्यक्तिहरूलाई अदालत परिसरमा उतारेर नाराबाजी र होहल्ला गरेपछि न्यायाधीश माधव अधिकारीले असार १३ मा पुर्पक्षका लागि भावनालाई थुनामा पठाइदिए ।

जिल्लाको त्रुटि उच्चले सच्याउला भन्ने आशा गरी भावना उच्च अदालत पाटनमा न्याय माग्न गइन् । महिलाको पीडा महिलाले बुझ्ने र उनले न्याय पाउने अपेक्षा सबैले गरेका थिए । तर, विषयवस्तुको अन्तर्य नै नबुझी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले जिल्ला अदालत भक्तपुरको आदेश सदर गरिन् । भावनाले अदालतमा दिएको बयानमा फुर्वासँग बस्न नसक्नुको मूलकारण उनको अप्राकृतिक यौन क्रियाकलाप भनेर उल्लेख गरेकी छिन् । तर, त्यसलाई हेर्दै नहेरी उल्टै उनलाई पुर्पक्षमा पठाइएको छ ।

श्रीमती भावनाको सम्पत्ति हात पार्न अनेक चलखेल
फुर्वाले विवाह भएको पाँच/६ महिनापछि आफ्ना बुबाको नाममा भएको घर आफू दुईजना छोराबुहारी (फुर्वा र भावना)को नाममा गरौँ भनेर भावनालाई भने । उक्त घर आफैँले मलेसियामा काम गरेर बनाएको तर भोलि दाजुलाई पनि अंश लाग्न सक्ने कारण बुबा जीवित छँदै आफू दुई जनाको नाममा गर्नुपर्ने बताए । यसमा भावनाको सहमति भयो र उक्त घर फुर्वा मोक्तान तथा भावना मोक्तानको संयुक्त नाममा गरियो । तर, केही समयपछि भावना तामाङको एकल नाममा भएको घर तथा भावना तामाङ र उनको आमा संयुक्तको नाममा भएको अर्को घर पनि (जुन घर भावनाले फुर्वासँग विवाह गर्नुअघि नै बनाएकी थिइन्) फुर्वा तामाङले दुईटै घर भावना र फुर्वाको संयुक्त नाममा गर्न फुर्वाले दबाब दिए ।

फुर्वाले भावनालाई बताए कि उनका बाबु थलीमा भावनाको नाममा रहेको घरमा बस्न चाहन्छन् । तर, उक्त घर भावनाको नाममा भएकाले उनका बाबु त्यहाँ आउन अप्ठयारोे मान्छन् । यदि त्यो घर आफू र भावनाको संयुक्त नाममा भएपछि बाबुलाई त्यहाँ आउन कुनै अप्ठ्यारो नहुने त्यसकारण सो थलीको घर दुवै जनाको नाममा गराउन उनी भावनालाई दबाब दिइरहे । तर, त्यसरी घर आफू दुई जनाको नाममा गर्दा चार लाख खर्च हुने भएकाले तत्कालका लागि त्यो कार्य रोकी फुर्वाले अर्को उपाय सोचे । उनले आफ्ना बुबालाई सो घर आफ्नो र भावनाको संयुक्त नाममा छ भनेर देखाउन भावना एक्लैको नाममा भएको जग्गाको किर्ते लालपुर्जा बनाई सरकारी छाप दस्तखत किर्ते गरी संयुक्त नामको किर्ते लालपुर्जा बनाए ।

फुर्वाले भावनालाई उनको आमा र उनको संयुक्त नाममा भएको घर धितो राखी सनराइज बैंकबाट ५० लाख लोन झिक्न लगाए । उक्त पैसा आधा फुर्वाले र आधा भावनाले चलाएका छन् । यो ऋण तिर्नुपर्ने दायित्व दुवै जनाको हो ।

अदालतबाटै प्रमाणको नजरअन्दाज
कानुनतः श्रीमान् र श्रीमतीबीचको सम्बन्ध रहेको स्थितिमा एकअर्काका नाममा रहेको सम्पत्ति सगोलकै हुने गर्दछ । तर, भावनाका पति फुर्वाले बौद्धमा भएका दुईवटा घर, सम्पत्तिमा आँखा गाडेर फसाउने नियतले फुर्वाले प्रहरीसँगै मिलेर सेटिङ गरी दर्ता नै नहुने जाहेरी दर्ता गराए, प्रहरीले साथ दियो । सरकारी वकिलले कानुनबमोजिम मुद्दा खारेज गर्नुपर्ने मुद्दालाई पनि कमजोर जगमै अदालतमा दर्ता गराइयो फुर्वाले श्रीमतीसँग विभिन्न समयमा घरायसी सहयोगका लागि भएको पैसाको आदान प्रदानलाई लिएर श्रीमतिविरुद्ध एक करोड ४५ लाख ठगी गरेको बनावटी उजुरी दर्ता गराए ।

जिल्ला अदालत भक्तपुरले पर्याप्त प्रमाण नभई पीडितको भनाइलाई समेत नजरअन्दाज गरेर थुनछेक आदेश ग¥यो । फुर्वा तामाङले अभियन्ता भन्दै केही व्यक्तिहरूलाई अदालत परिसरमा उतारेर नाराबाजी र होहल्ला गरेपछि न्यायाधीश माधव अधिकारीले असार १३ मा पुर्पक्षका लागि भावनालाई थुनामा पठाइदिए । जिल्ला अदालतको आदेशविरुद्ध भावना उच्च अदालत पाटन गए पनि उनले न्याय पाइनन् ।

महिलाको पीडा महिलाले बुझ्ने र उनले न्याय पाउने अपेक्षा सबैले गरेका थिए । तर, विषयवस्तुको अन्तर्यभित्र प्रवेश नै नगरी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले जिल्ला अदालत भक्तपुरको आदेश सदर गर्नुभयो । भावनाले अदालतमा दिएको बयानमा फुर्वासँग बस्न नसक्नुको मूलकारण उनको अप्राकृतिक यौन क्रियाकलाप भनेर गरिएको उल्लेखलाई कुनै वास्ता गरिएन । एकातिर श्रीमान्बाट यौन पीडाको सिकार भएकी भावना अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पुगिन् ।

फुर्वाविरुद्ध भावनाको वैवाहिक बलात्कार मुद्दा
भक्तपुर जिल्ला अदालतले भावनालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि भावना जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन लिएर पुगिन् । २०७९ असार २३ गते दर्ता भएको उक्त निवेदनमा साउन १२ गते न्यायाधीशद्वय बालेन्द्र रूपाखेती र राज्यलक्ष्मी बज्राचार्यको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गर्दै थुनामै राख्ने आदेश दियो ।

यसरी प्रहरी र अदालतबाटै सेटिङ गराएर भावनालाई नियोजित रूपमा फसाइएपछि अन्ततः उनले आफूविरुद्ध हुने गरेको अप्राकृतिक यौनलाई बाहिर ल्याइन् । विवाह भएदेखि आफूविरुद्ध श्रीमान्बाटै लामो समयसम्म हुने गरेको जबरजस्ती करणीविरुद्ध अदालतमा उजुरी दिइन् ।

बलात्कारको जाहेरी दिएको थाहा पाएपछि फुर्वा भक्तपुरबाट भागेर काभ्रेको भकुण्डेबेंशीमा गएर बसे । तर, भक्तपुर प्रहरीले फुर्वालाई भकुण्डेबेशी नै पुगेर पक्राउ गरी भक्तपुर ल्यायो । गत असोज २७ गते पक्राउ परेका फुर्वाविरुद्ध यतिबेला जिल्ला प्रहरी परिसर भक्तपुरले वैवाहिक बलात्कारको कसुरमा अनुसन्धान गरिरहेका छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्तासमेत रहनुभएका डिएसपी राजु पाण्डेका अनुसार सुरुमा जाहेरवाली भावना तामाङको स्वास्थ्य परीक्षण र बयान गराएको प्रहरीले अहिले फुर्वाको स्वास्थ्य परीक्षण गराई बयान लिने क्रम जारी राखेको छ । अब तिहारलगत्तै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरिएको छ ।

पर्खाइ अदालतको आदेशको
जाहेरीमा भावनाले आफूमाथि अप्राकृतिक यौन क्रियाकलाप भएको भन्दै फुर्वाको स्वास्थ्य परीक्षणको मागसमेत गरेकी थिइन् । भावनाको मागबमोजिम नै प्रहरीको फुर्वाको लिंगको समेत परीक्षण गराएको छ । यद्यपि, स्वास्थ्य परीक्षणको रिपोर्ट भने अझै नआइसकेको प्रहरीले जनाएको छ । रिपोर्ट आएपछि र अन्य प्रमाण संकलनपछि फुर्वाले भावनालाई दिएको मानसिक, शारीरिक तथा अप्राकृतिक यौनबारे पुष्टि हुनेछ । तर, अहिले भने फुर्वा र भावना दुवैजना थुनामा बन्दी जीवन बिताइरहेका छन् । भावनालाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न मिलेन’ भन्दै जिल्ला र उच्च अदालतले थुनामै राख्ने आदेश दिएको छ भने फुर्वालाई अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा राखिएको छ । अब अदालतले प्रमाणलाई कसरी मूल्यांकन गर्छ र के आदेश दिन्छ त्यसले नै फुर्वा र भावनाबीचको वैवाहिक सम्बन्धलाई थप व्याख्या गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?