उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले राति ९ बजेपछि देउसी भैलो खेल्न नदिने भएको हो ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको जानकारी दिनुभयो ।

आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?