शान्ति र युद्धको प्रस्ताव

डा. गणेशप्रसाद घिमिरे
Read Time = 16 mins

शान्ति आफैँमा पूूर्ण हो, जसले मानव जीवनलाई सदा सुुखमा राखेको हुुन्छ । युुद्ध आफैँमा संहार हो, जहाँ मानवता र मानवीय भावना क्षतविक्षत बनेको हुुन्छ । मानव जीवनका लागि यी दुुबै अपरिहार्य बनेका छन् आजको संसारमा । आजको संसार गतिशील छ, सङ्घर्षले भरिएको छ, यान्त्रिकताले सजिएको छ, जीवनलाई गति दिने खालको छ । यही अवस्थाको चिन्तन आजको संसार हो । यही संसारमा बाँचेको छ आजको मानिस । शान्तिकामी शासक कहिलेकाहीँ युुद्धको डरलाग्दो खाडलमा जाने गरेको हुुन्छ । युुद्ध आफैँमा विध्वंशक हो जान्दाजान्दै पनि आजको विश्व युुद्ध र शान्तिको दोसाँधमा उभिएको छ । यही हो आजको विश्व र उसले भोगेको नियति पनि ।

संसारमा भएका युुद्धमा महाभारत सबैभन्दा डरलाग्दो युुद्ध हो । यो युुद्धले संसारमा जुन किसिमको अवस्थालाई निम्तो ग¥यो त्यो ठूूलो विभीषिका बनेर बाहिर आएको थियो । कौरव र पाण्डवहरू अन्तिम अवस्थासम्म शान्तिदूूतका माध्यमबाट शान्तिका प्रस्ताव आदानप्रदान गर्न सफल बने तर शान्ति सकसमा परेर बाहिर आउन सकेन । शासक र शासित बनेर रहेका कौरव र पाण्डवले शान्तिलाई जीवन्त बनाउन सकेनन् । बाह्र वर्ष वनवास र एक वर्ष गुुप्तवास भोगेका पाण्डवलाई युुद्धका भावना त्यागेर सम्झौतामा आउन आग्रह गरियो ।

शासक आफैँमा राज्यको अभिभावक हुुन्छ । देशको सम्पूूर्ण जिम्मेवारी उसको हातमा र उसले गर्ने निर्णयमा केन्द्रित रहेका हुुन्छन् । शासकले गर्ने निर्णयबाट व्यवस्थाका हरेक अङ्ग सञ्चालित हुने गर्दछन् । सल्लाह, सुुझाव, परामर्श, विद्वानसितको संसर्ग शासकका पहिला कर्म हुुन् ।

त्यही आग्रहलाई मानेर धृतराष्ट्रले सञ्जयलाई पठाए विराट दरबारमा । सञ्जयका सबै कुरा सुुनेपछि शान्तिको कामनालाई उल्लेख गर्दै कृष्णले धृतराष्ट्रलाई पहिलो सन्देश पठाएका छन् । सञ्जयका कुरा पाण्डव र कृष्णले सुने तर उनका कुराको प्रतिउत्तर कृष्णबाट आयो । त्यसैले महाभारतका नायक नै कृष्ण रहेको कुरा प्रमाणित हुन्छ ।

शासकको धर्म :
शासक आफैँमा राज्यको अभिभावक हुुन्छ । देशको सम्पूूर्ण जिम्मेवारी उसको हातमा र उसले गर्ने निर्णयमा केन्द्रित रहेका हुुन्छन् । शासकले गर्ने निर्णयबाट व्यवस्थाका हरेक अङ्ग सञ्चालित हुने गर्दछन् । सल्लाह, सुुझाव, परामर्श, विद्वानसितको संसर्ग शासकका पहिला कर्म हुुन् ।
श्रेयांस्तस्माद् यदि विद्यते कश्चिदभिज्ञातः सर्वधर्मोपपन्नः
स तं द्रष्टुुमनशिष्यात् प्रजानां न चैतद् बुुध्येदिति तस्मिन्नसाधुुः ।
राज्यमा कुनै विद्वान् वा सर्वधर्मसम्पन्न मानिस निवास गर्दछ भने राज्यको निरीक्षणका लागि उक्त व्यक्तिलाई शासकले नियुुक्त गरोस् । राज्यमा कुुनै व्यक्ति पापकर्ममा डुुबेको त छैन भन्ने जानकारी उसले ती सत्पुुरुषबाट प्राप्त गरोस् । राज्यसञ्चालनमा देखापरेका सबै कुराहरू र राज्यमा आउने सबै सन्दर्भलाई बुुझेरमात्र शासक अघि बढ्नुुपर्ने अवस्था आउने गर्दछ ।

राज्यमा चोरी, डकैती नहोस् । सबै सुुरक्षित तरिकाले आरामपूूर्वक रहून् । सबैले आआफ्नो कर्म निरन्तर गरिरहूून् । राज्यमा चोर आदि आएमा तिनलाई दण्ड दिने अधिकार स्वयं शासकमा हुनुु अनिवार्य मानिएको छ । सञ्जयलाई सम्बोधन गर्दै कृष्ण भन्छन् :
तत्र पुुण्यं दस्युुबधेन लभ्यते सोऽयं दोषःकुुरुभिस्तीव्ररूपः
अधर्मज्ञैधर्ममबुुध्यमानैःप्रादुुर्भूूतः सञ्जय साधुु तन्न ।
कौरव सदा कुुमार्गमा चले । धृतराष्ट्र हस्तिनापुरका शासक भएर पनि अधर्मका पण्डितका रूपमा देखापरे । उनीहरूमा कहिले पनि धर्मको ज्ञान र स्रोत आउन सकेन । शासकको कर्म समभाव हो । शासन सञ्चालन विभेदरहित हुनुु अति आवश्यक छ । शासनमा बस्ने शासकले विभेद गरेमा शासकको मतिभ्रष्ट भएको मानिन्छ । शासकमा हुने हरेक किसिमका भावनाले शासन व्यवस्थालाई गति दिने गरेको मानिन्छ । यही शासकमा हुुने व्यवहारको पहिचानमा नै मानिसका कर्म र शासनको अस्तित्व जीवन्त बनेर रहेको हुुन्छ ।

कृष्णले सञ्जयसँग कौरवले पाण्डवप्रति गरेका सबै अपराधको कुुटुुरो फुकाए । जुुवामा छल, द्रौपदीको वस्त्रहरण, वनवास र गुुप्तवासको सजायलाई विस्तारपूूर्वक उल्लेख गरे । उनले असल शासक र शासनव्यवस्था समान व्यवहारमा चल्नुुपर्ने त्यसो हुन सकेन । यो व्यवस्थामा आएको विचलनले व्यवस्थाका प्रत्येक अङ्ग धराशायी बनेर आएका हुुन्छन् । शासक यस्ता विगर्हित कर्मबाट सदा सचेत रहुुनुु आवश्यक छ ।

धर्म र अधर्म :
मानिसबाट गरिने कर्मले धर्म र अधर्मको अवस्थालाई बाहिर ल्याएका हुुन्छन् । सत्कर्म र त्यसबाट प्राप्त हुने आनन्द धर्म हो भने असत्कर्म र त्यसबाट पाइने आधार अधर्म हो । यही आधारमा संसार चलेको मानिन्छ । संसारका सबै पद्यति र प्रक्रिया यसैमा केन्द्रित रहेका हुुन्छन् । कौरवहरू आफैँमा अधर्मलाई बहन गर्ने स्वभाव र चरित्रका थिए । पाण्डवधर्मलाई धारण गर्ने स्वभावले परिलक्षित थिए । यही अवस्थालाई सञ्जयतर्फ सम्बोधन गर्दै कृष्ण भन्छन् :
सुुयोधनो मन्युुमयो महाद्रुुमःस्कन्धः कर्णःशकुुनिस्तस्य शाखाः
दुुःशासनःपुुष्पफले समृद्धे मूलं राजा धृतराष्ट्रो ऽमनीषी ।
दुुर्याेधन क्रोधरूपी विशाल वृक्ष समान छ । कर्ण उक्त वृक्षको ठुुलो हाँगो र शकुुनी सानो हाँगो हो । दुुशासन क्रोधरूपी वृक्षको फलफूल हो । उक्त वृक्षको मूल जरो धृतराष्ट्र हुुन् । यो धृतराष्ट्रका रूपमा रहेको मूल जराका कारण क्रोधरूपी वृक्ष निरन्तर बढिरहेको छ । मूल जरो जस्तो छ त्यही रूपमा त्यसका हाँगाबिँगा हुुने कुराको निचोड कृष्णले राखे । राज्यसञ्चालकमा पारिवारिक मोह भयो भने यस्तो अवस्था आउँछ भन्ने सन्दर्भलाई धृतराष्ट्रको उदाहरणबाट कृष्णले सञ्जयलाई बताएका छन् ।

यसरी नै धर्मको वकालत गर्दै सञ्जयबाट सन्देश पठाउने पक्षलाई लिएर कृष्ण भन्छन्:-
युुधिष्ठिरो धर्ममयो महाद्रुुम स्कन्धोऽजुुर्नो भीमसेनोऽस्य शाखाः
माद्रीपुुत्रौ पुुष्पफले समृद्धे मूूलं त्वहं ब्रहृम च ब्राहृमणाश्च ।
युुधिष्ठिर धर्मका विशाल वृक्ष हुन् । अर्जुुन त्यसको मूूल हाँगो र भीमसेन हाँगो हुुन् । नकुुल र सहदेव फलफूूल हुुन् भने म (स्वयं कृष्ण) वेद र ब्राहृमण यसका मूल जरा हुुन् । यही हो धर्म र अधर्मको अवस्था । यही अवस्थामा टिकेको छ प्राच्य धर्मशास्त्रको मान्यता पनि । धर्मको पहिचान र अधर्मको समाप्ति नै मानवताको पहिचान रहेकाले त्यसमा समर्पित हुन कृष्णले आग्रह गरेका छन् ।

मानिस आचरणमा रहने प्राणी हो । आचरणले उसलाई शुुद्ध, जीवन्त र व्यवस्थित बनाएर राखेको हुन्छ । आचरणमा अशुुद्धता, बुुद्धिमा भ्रष्टता, कर्ममा कमजोरी देखियो भने मानिसको जीवनका सबै सन्दर्भ कमजोर बनेर आएका हुुन्छन् । त्यसैले धर्म र अधर्मको पहिचान गरेर कर्म गर भन्नु नै कृष्णको मूल उद्देश्य प्राप्त भएको पाइन्छ ।

शान्ति र युुद्ध :
सञ्जयलाई कृष्णले धृतराष्ट्रमा विद्यमान रहेको अधर्मका बारेमा बताए । वनको शोभा सिंह हो । सिंहको रक्षा पनि वनले नै गर्ने हो । वनले सिंहको रक्षा गरेमा वनले बढ्ने र फैलने मौका पाउँछ । यही कुरालाई कृष्णले यसरी बाहिर ल्याएका छन् ः
निर्वनो वध्यते व्याघ्रो निव्र्याघ्रं छिद्यते वनम्
तस्माद् व्याघ्रो वनं रक्षेद् वनं व्याघ्रं च पालयेत् ।
वनले सिंहको र सिंहले वनको रक्षा गरेमा यी दुुवैको अस्तित्व सुुरक्षित रहेको हुुन्छ । एकले अर्काको रक्षा गर्न नसकेमा दुवैको अस्तित्व समाप्त हुने कुरलाई तर्कसङ्गत तरिकाले कृष्णले राखेका छन् । धृतराष्ट्रले पुुत्रमोहमा परेर पाण्डवको सदा अहित चाहे । उनका कारण पाण्डवहरूले यो सजाय भोग्नुुपर्‍यो । यो अवस्थालाई यही रूपमा छोड्ने हो भने युुद्धको अवस्था आउने निश्चित प्रायः छ । युुद्ध हुनुुहुुँदैन । संसार शान्तिको मार्गमा निरन्तर अघि बढ्नुु आवश्यक छ । यही शान्तिका लागि म हस्तिनापुर जान लालायित छु । म यो युुद्धलाई रोक्ने सकेसम्मको प्रयास गर्नेछु ।
स्वयं त्वहं प्रार्थये तत्र गन्तुुं समाधातुुं कार्यमेतद् विपन्नम् ।
सबै वातावरण प्रतिकूल, धृतराष्ट्रको पुुत्रमोह, दुुर्योधनको अहङ्कार समाप्त पार्नका लागि म स्वयं नै हस्तिनापुर जानेछुु । हस्तिनापुुरमा सकेसम्म शान्तिको ढोकालाई उघार्नेछुु । शान्ति मेरो पहिलो मान्यता हो । महाभारको युद्ध मैले पनि चाहेको छैन । यी कृष्णका वचन थिए । कृष्णले अन्तिममा धृतराष्ट्रका दूूतका रूपमा आएका सञ्जयलाई गतिलो तरिकाले शान्ति र युुद्धको प्रस्ताव राखेका छन् । शान्तिका माध्यमबाट हस्तिनापुर मान्यो भने पाण्डवहरू धृतराष्ट्रको सेवा गर्न तयार छन् । यदि शान्तिलाई अस्वीकार गरेमा पाण्डव युुद्धका लागि पनि तयार छन् । यो सन्देश धृतराष्ट्रलाई सुुनाइदिन कृष्णले आग्रह गरेका छन्
स्थिताः शुुश्रूूषितुुं पार्थाःस्थिता योद्धुमरिंदमाः
यत् कृत्यं धृतराष्ट्रस्य तत् करोतुु नराधिपः ।
पाण्डव दुुवै पक्षमा तयार रहेको सङ्केत यहाँ गरिएको छ । यदि पाण्डवलाई उनीहरूले पाउने अधिकार धृतराष्ट्रले दिएमा पाण्डव सन्तोषको जीवन बिताएर सबै कुरा बिर्सिनेछन् । यो सेवा र शान्तिको प्रस्ताव अस्वीकार भएमा उनीहरू युुद्धका लागि पनि तयार देखिएका छन् ।

वनले सिंहको र सिंहले वनको रक्षा गरेमा यी दुुवैको अस्तित्व सुुरक्षित रहेको हुुन्छ । एकले अर्काको रक्षा गर्न नसकेमा दुवैको अस्तित्व समाप्त हुने कुरालाई तर्कसङ्गत तरिकाले कृष्णले राखेका छन् । धृतराष्ट्रले भने पुुत्रमोहमा परेर पाण्डवको सदा अहित चाहे ।

महाभारतको यो तथ्य ज्यादै गहिरो सन्देशका रूपमा आएको छ । राष्ट्रमा आन्तरिक वा बाहिरी शत्रुु सलबलाएका छन् भने शान्तिलाई पहिलो प्राथमिकता दिनुु आवश्यक मानिन्छ । शान्तिले दिने आफ्नोपन, मित्रता, सौहार्दता र मिठास युुद्धमा नभएको तर्क कृष्णले यहाँ राखेको देखिन्छ । शत्रुु जस्तोसुुकै बलवान् भए पनि युुद्धको तर्कलाई कृष्णले दरिलो तरिकाले राखेका छन् । पाण्डवका तर्फबाट दूूत बनेर जान तयार रहेका कृष्ण शान्ति र युुद्धको प्रस्ताव सञ्जयका माध्यमबाट हस्तिनापुुर पठाउन सफल भए ।

कृष्ण युुद्ध रोक्न चाहन्थे । युुद्धले कसैको भलो गर्दैन र मानवताको रक्षा हुुँदैन भन्ने उनलाई पूूर्ण विश्वास थियो तर त्यसो हुन सकेन । यो शान्तिकामी कृष्णको रोषपूूर्ण तरिकाले पठाइएको युुद्धको प्रस्ताव थियो । यही युुद्धलाई महाभारतको युुद्ध र नरसंहारको नमुनाका रूपमा मानियो । नरसंहार धर्मको रक्षाका लागि भएको हुनाले नै त्यसलाई धर्मयुुद्ध भनिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?