-विजय रावत
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-५ मा रहेको एम्स एग्रीकल्चर रिसर्च सेन्टरका संचालक तथा युवा उद्यमी मनोज बुढाथोकी मगर समाजका लागि नमुना उद्यमशीलका रुपमा अघि बढ्नुभएकाे छ ।
घरमै बसेर समाजलाई केही गरेर देखाउनु पर्छ, एम्स एग्रीकल्चरका संचालक बुढाथोकी मगरले भन्नुभयो,“ अहिले बंगुर पालन गरेर बजारबाट निस्कने फोहोरलाई मोहोरमा परिणत गर्न लागी परेका छौ । नगरपालिकाबाट निस्कने फोहोरको एकिन गरेर हामी लिन्छौ । ” बजारलाई सफा स्वच्छ र सुन्दर बनाउनका लागी फोहोर उठाउन प्रत्येकको घरमा कम्पनीको गाडी जाने भएको छ । सो फोहोरलाई कम्पनीमा ल्याएर व्यवस्थापन गरिने संचलक बुढाथोकी मगरले बताउनुभयो ।
रोजगारीका लागि ऋण काढेर बिदेसिनुपर्ने धेरै युवाको बाध्यता छ । तर,रोजगारीका लागि देश छोड्ने युवाको भिडमा एउटा नमुना उद्यमीहुन चाहने युवा खोज्न व्यस्त हुनुहुन्छ मगर । घर भित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी गरिरहेको छ एम्स एग्रीकल्चर सेन्टरले । वि.स. २०७४ सालबाट ६ लाख रुपैयाँ लगानीमा सुरु गरिएको बंगुर पालनबाट मनग्ये आम्दानी भएको छ । सुरुमा व्यवसाय गर्दा ३ वटा बंगुरबाट व्यवसाय सुरु भएको हो । आजसम्म पुग्दा ४५ वटा रहेकाछन् । बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको हो ।
बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको सकस पनि उतिकै छ । बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छौ । बंगुर फर्ममा रहेको जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बंगुरकोे दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना छ । बजारको फोहोरलाई बंगुरको खानामा प्रयोग हुने भएको छ । बंगुरबाट निस्कने दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेतीमा निकै राहत पुग्ने एम्स एग्रीकल्चरका संचालक बुढाथोकी मगरले बताउनुभयो । बजारबाट दैनिक रुपमा झण्डै ३ क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा सङ्कलन गरी बङ्गुरको खानाको रुपमा प्रयोग हुने एम्स एग्रीकल्चरले जनाएको छ । केही दिनपछि जुम्लामा बंगुरको प्याकेजिङ मासु विक्री गर्ने तयारी समेत एम्स एग्रीकल्चर सेन्टरले गरिरहेको छ ।
एम्स कम्पनीद्धारा इन्टरलक इट्टा उत्पादन
एम्स कम्पनीका संचालक बुढाथोकीले जुम्लामै इन्टरलक इट्टा उद्योग समेत संचालन समेत गर्नुभएकाे छ । जहाँ ७० जनाले रोजगारी पाएकाछन् । बजारमा इँटाको धेरै माग हुने गरेको छ । अहिले गुणस्तरीय सलाईडिङ्ग इँटा उत्पादन भइरहेको छ ।
उक्त इँटा आफैमा धेरै बलियो र भुकम्प प्रतिरोधात्मक रहेको संचालक बुढाथोकी मगरले जानकारी दिनुभयो । सो इँटालाई भुगोलको चिसो हावा पानीलाई मध्यनजर गरेर निर्माण गरिएको सलाईडिङ्ग इँटा हो । यसको ल्याव टेस्ट रिपोर्ट उत्कृष्ट रहेको एम्स कम्पनी जुम्लाले जनाएको छ ।
कुटानी पिसानी मिल समेत एम्स कम्पनीले संचालनमा ल्याइएको छ । गुणस्तरीय शिक्षाका लागि एसिया इन्टरनेशनल बौर्डिङ्ग स्कुल समेत एम्सका संचालक मनोज बुढाथोकी मगरले संचालन गर्नुभएकाे छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका