‘डिसेम्वर फल्स’को फर्स्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक

Read Time = 3 mins

काठमाडौँ । प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते) देशब्यापी प्रदर्शन हुने छ ।

युवा निर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाईएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्काेमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्शन-रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउदैछन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । उनी अभिनीत अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । आर्यन र उपासनालाई पहिलो पटक यही फिल्ममा सँगै हेर्न पाइदैछ । भारतीय फिल्म उद्योगमा कार्यरत ब्यस्त निर्देशक प्रवीण झाद्धारा निर्देशित फिल्ममा आर्यन, उपासना, सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्वन्द निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?