-चिसाङ शेर्पा
खोटाङ । शुभद्रा–मदन फाउण्डेसन खोटाङको सहयोगमा सञ्चालित जनजागृति माध्यमिक विधालयले तिहारलाई लक्षित गर्दै विद्यार्थीलाई भिडियोग्राफी सिकाई कक्षा सुरु गरेको छ । प्रत्येक वर्षको तिहार लक्षित गरेर विभिन्न शैक्षिक र मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको विधालयले यसपटक भिडियोग्राफी सिकाई कक्षा सुरु गरेको हो ।
विधार्थीहरुको आफ्नै गतिविधिमा केन्द्रीत भएर तिहारभरीका लागि मनोरञ्जन शिक्षा अन्तर्गत यमपञ्चकबाट भिडियोग्राफी सिकाई कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । भिडियोग्राफी सिकाईका लागि विधार्थी र शिक्षकहरु बारीबारीमा मोवाईलफोन र क्यामेरा लिएर भिडियो खिच्न पुग्ने गरेका छन् ।
भिडियो सुटिङको कक्षा अतिआवश्यक र महत्वपूर्ण भएको सहभागी विधार्थी धिरेन्द्र राईले बताए । जति पनि गरिरहेका कामहरुलाई भिडियोमाफर्त सबैलाई देखाउन पाउने भएकाले महत्वपूर्ण लागेको राईले बताए । भिडियो सुटिङ गर्दा एकदम रमाईलो भईरहेको अर्का विधार्थी एलिसा मगरले बताईन् । अरु स्कुलमा त यसरी फूलहरुसँग खेल्दै पढ्दै कही पनि गर्न पाईन्दैन । तर, यो स्कुलमा आउट फिल्डमा लगेर मेन्टरहरुले सिकाउनुहुन्छ त्यो एकदमै राम्रो छ । विधार्थी मगरले भनिन् ‘हामी चाँहि हरेक क्रियाकलापहरु कक्षाभित्र मात्रै नभएर बाहिर गएर हेरेर, छामेर बुझ्ने गर्छौ ।’
पहिला आफूलाई भिडियो खिच्न नआउने र अफ्ठ्यारो लाग्ने गरेको थियो तर, अब अफ्ठ्यारो पनि लाग्दनै । अहिले कुन एंगलबाट भिडियो खिच्दा राम्रो हुन्छ भन्ने कुरा राम्ररी थाहा भएको अर्का विधार्थी अनुसा राईले बताईन् । अन्य सामुदायिक र संस्थागत विद्यालयहरु तिहारमा बन्द भएर विधार्थीहरु घरघरमा हुंदा यस विधालयका विधार्थी र शिक्षकहरु भिडियोग्राफी सिकाईमा व्यस्त भएका हुन् ।
यो वर्षको तिहारका लागि भन्दै विधार्थीहरुले फूलहरुको सुन्दर बगैचाहरु निर्माण गरेको र फूलको बगैचा तथा रंगीन बालीहरुमा विधार्थी र शिक्षकलाई लगेर भिडियोग्राफी सिकाईरहेको सुभद्रा मदन फाउण्डेसनका प्रवन्ध निर्देशक सुर्य राईले बताउनुभयो । अबको समयमा क्यामेरा अपरिहार्य बनेर आयो । राईले भन्नुभयो, ‘त्यसैले जीवन्त रेकर्ड गर्ने क्यामेराको विभिन्न स्केलहरु सिकाई रहेका छौ, मनोरञ्जन पनि दिईरहेका छौ ।’
कृषिविज्ञ मदन राईको परिकल्पनामा सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र हुबहु व्यवहारमा उतार्र्दै नेपालकै नमुना विधालयको रुपमा स्थापित भईरहेको विधालयले मौसम र चाडपर्व अनुसार शिक्षा दिंदै आएको छ । तिहार यसैपनी रंगीन चाड भएकाले फूलको बगैचामा विधार्थी र शिक्षकलाई लगेर क्यामेरा चलाउन सिकाईएकोे हो ।
उक्त विधालयमा हिमाल, पहाड र तराईका गरी ५५ जिल्लाका करीव २०० विधार्थीहरु पूर्ण आवासीय रुपमा रहेर सैद्धान्तिक र प्रयोगात्मक अध्ययन/अनुसन्धान गरिरहेका छन् । मुलतः ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षा अन्तर्गत १२ सय रोपनी क्षेत्रफलमा फैलिएको विधालयमा गाई, भैंसी, बंगुर, बाख्रा, कुखुरा, परेवा, माछा, घोडा पाल्न, बारी खनजोत गर्न, गाई भैसीको मलमुत्र बनाउन, सागसब्जी गोडमेल गर्न, खाना पकाउन/खान, भाडाकुंडा माझ्न, गाडी, कम्प्युटर बनाउन÷चलाउन, कपडा सिलाउन, मानवीय मलमुत्रबाट प्राङगरिक मल बनाई तरकारी उत्पादन गर्ने लगायतका शिक्षा दिंईदै आएको छ ।
मानव जीबनसँग प्रत्यक्ष जोडिएको विधालयलाई छिट्टै ‘मानव स्कुल’को रुपमा नामाकरण गर्ने तयारी समेत भईरहेको छ । देशविदेशमा समेत व्यापक चर्चा कमाई सकेको विधालय भ्रमण तथा अवलोकन गर्न मात्रै देश तथा विदेशबाट सयौं मानिसहरु आउने गरेका छन् । नेपालका विधालयहरुले शैक्षिक भ्रमणको पहिलो गन्तब्य नै यहि विधालयलाई बनाउने गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका