सलमान खानलाई डेंगु संक्रमण, सबै छायांकन रद्द

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ । संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने बताइएको छ । हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मिहिनेत गरिरहेका बेला खान बिरामी पर्नुभएको छ ।

खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउनु हुने भएको छ । प्रस्तोताको रूपमा करणलाई खानले नै छान्नुभएको हो । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।

खानले ‘किसीका भाइ किसी का जान’ चलचित्रमको छायांकनसमेत गरिरहनु भएको थियो । अब उहाँ केही दिन चलचित्रको छायांकनबाट समेत टाढा रहनुहुने भएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?