विवाहअघि ‘लिभ इन रिलेसन’मा सिद्धार्थ र कियारा

Read Time = 2 mins

मुम्बई । अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणीको अफेयरले राम्रै चर्चा पाइरहेको छ । निर्माता तथा निर्देश करण जोहारको सो ‘कफी विद करण’मा यो जोडी उपस्थित भएपछि उहाँहरूको विवाहको विषयले थप चर्चा पाएको थियो ।

केहीले उहाँहरू सन् २०२३ मा विवाह गर्ने अनुमान लगाएका छन् । तर, अहिले भने उहाँहरू विवाहअघि नै ‘लिभ इन रिलेसन’मा बस्ने निर्णयमा पुग्नुभएको छ ।

सिद्धार्थ र कियाराले विवाहअघि एक घरमा एकसाथ बस्ने योजना बनाउनुभएको छ । बलिउडमा कैयौँ कलाकारहरू विवाहअघि आफ्नो जीवनसाथीबारे बुझ्न सँगै बस्ने गरेका छन् । त्यहीकारण सिद्धार्थ र कियाराले यो निर्णय लिनुभएको हो । दुवैले एकअर्कालाई राम्ररी बुझेपछि मात्र विवाह गर्ने निचोडमा पुग्नुभएको छ ।

त्यसो त अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर पनि गत अप्रिलमा विवाह गर्नुअघि ‘लिभ इन रिलेसन’मा हुनुहुन्थ्यो । त्यसपछि मात्र उहाँहरूले विवाह गर्ने निर्णय लिनुभएको थियो ।

सन् २०१८ मा पहिलोपटक सिद्धार्थ र कियाराबीच ‘लस्ट स्टोरिज’ चलचित्रको पार्टीमा पहिलोपटक भेट भएको थियो । चलचित्र ‘शेरशाह’मा यी दुईको अनस्क्रिन केमेष्ट्री जीवन्त प्रतिविम्बित भएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?