धनवीरको ‘रुमाल हरायो’

Read Time = 1 min

काठमाडौं । गीतकार धनवीर थापाको नयाँ गीत ‘रुमाल हरायो’ सार्वजनिक भएको छ । उहाँको आउँदै गरेको ‘खरी’ एल्बममा रहेको गीत ‘रुमाल हरायो’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतमा मेलिना राईको स्वर, श्याम महर्जनको संगीत र प्रदीप श्रेष्ठको एरेञ्ज छ । गीतको लिरिकल भिडियो बेस्ट टोन म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

धनवीरको योभन्दा अगाडि ‘बादलभित्र जून’, ‘गल्ली गल्ली’ गीतको भिडियो बेस्ट टोनमार्फत नै सार्वजनिक भइसकेका छन् भने ‘भूल’, ‘फूलमाया’, ‘खुर्पे चन्द्रमा’ जस्ता एल्बम बजारमा आइसकेको छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?