भक्तपुरमा तिहार मेला

Read Time = 1 min

भक्तपुर । भक्तपुरको आदर्श चोकमा तिहार विशेष रमाइलो मेला सुरु भएको छ । बुधबारसम्म चल्ने मेला आदर्शको सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिमा आयोजना गरिएको हो । मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौंले गरेको छ भने खुशी जनरल स्टोर सूर्यविनायक नगरपालिका ८ आदर्श चोकले सहकार्य रहेको छ ।

मेलामा विभिन्न राष्ट्रिय कलाकारबाट गीत, संगीत, नृत्यमार्फत् मनोरञ्जन गराउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । मेलामा वृद्धवृद्धा, अपांग, पत्रकारलगायतका लागि प्रवेश निःशुल्क रहेको छ । यसअघि मेलाको उद्घाटन पूर्व उद्योगमन्त्री महेश बस्नेतले गर्नुभएको थियो । सूर्यविनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईंको सभापतित्वममा भएको उद्घाटन कार्यक्रममा एमाले नेता किरण थापालगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?