इटालीको पहिलो महिला प्रधानमन्त्री मेलोनीद्वारा शपथ ग्रहण

Read Time = 4 mins

रोम । अति दक्षिणपन्थी नेत्री जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा शपथ लिनुभएको हो ।

सेप्टेम्बर २५ मा भएको विधानसभा चुनावमा उनको दक्षिणपन्थी युरोपेली संघ र आप्रवासनविरोधी ब्रदर्स अफ इटाली पार्टीले जित हासिल गरे पनि सरकार गठनका लागि बाहिरी समर्थन आवश्यक थियो ।

मेलोनीको नियुक्ति युरो क्षेत्रको तेस्रो ठूलो अर्थतन्त्र र इटालीका ब्रदर्सका लागि ऐतिहासिक घटना हो । उक्त दल कहिल्यै सरकारमा थिएन ।
गएको महिना उसले २६ प्रतिशत मत प्राप्त गरेको थियो । उहाँका सहयोगी फोर्जा इटालिया र अति दक्षिणपन्थी लिगले क्रमशः आठ र नौ प्रतिशत मत प्राप्त गरेका थिए ।

मेलोनीले ६ महिलासहित २४ मन्त्रीको सूची सार्वजनिक गर्दा इटालीका साझेदारहरूलाई आश्वस्त पार्ने इच्छा प्रकट भएको छ । उहाँले जियानकार्लो जियोर्जेटीलाई अर्थव्यवस्था मन्त्रीका रूपमा चयन गर्नुभएको छ । मारियो ड्राघीको अघिल्लो सरकारमा पनि आर्थिक विकासमन्त्री रहनुभएका जियोर्जेटीलाई मट्टेओ साल्भिनीको गठबन्धनको अधिक उदारवादी, युरोप समर्थक सदस्यहरूमध्ये एक मानिन्छ ।

मेलोनीले युरोपेली संसद्का पूर्वअध्यक्ष एन्टोनियो ताजानीलाई उपप्रधानमन्त्री र विदेशमन्त्रीमा नियुक्त गर्नुभएको छ । साल्भिनीले उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा काम गर्नुहुने छ । सन् २०१८ देखि २०१९ को बीचमा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी साल्भिनीलाई यो नियुक्तिले निराश बनाउने सम्भावना छ । उहाँले पुनः गृहमन्त्री बन्ने आकांक्षा राखेको बुभिएको छ । तर, गृहमन्त्री रोम प्रीफेक्ट मट्टेओ पियान्टेडोसीको हातमा जाने देखिएको छ । यसैबीच, युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले मेलोनीलाई बधाई दिनुभएको छ ।

युरोपेली संसद्का सभामुख रोबर्टा मेटसोलाले इटाली भाषामा ट्विट गर्दै भन्नुभएको छ, ‘युरोपलाई इटालीको खाँचो छ भन्नुभएको छ । म नयाँ सरकारसँग मिलेर सामना गरिरहेका चुनौतीहरूमा रचनात्मक सहयोगको आशा गर्दछु र आशावादी छु ।’

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्विट गर्दै भन्नुभएको छ, ‘प्रिय मित्र जर्जिया मेलोनीलाई तपाईंको नेतृत्वमा सरकार गठन भएकोमा बधाई ! यो युरोपेली अधिकारका लागि महत्त्वपूर्ण दिन हुनेछ !’प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकको नेतृत्व गर्नुअघि आइतबार द्राघीबाट मेलोनीलाई सत्ता हस्तान्तरणका लागि औपचारिक समारोह हुनेछ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?