तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता, प्रथमलाई ३५, दोस्रोलाई २५ र तेस्रोलाई २० हजार पुरस्कार

Read Time = 2 mins

काठमाडौं । तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको छ । अगोम गुरुङको शब्दरसङ्गीत, कुन्ती मोक्तानको स्वर र शिलाबहादुर मोक्तानको एरेञ्ज रहेको तिहार गीत ‘डाडा घरे दाई’को टिकटक डान्स प्रतियोगिता घोषणा गरिएको हो । प्रतियोगितामा प्रथमहुनेलाई ३५, दोस्रो हुनेलाई २५ र तेस्रोलाई २० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।

कार्यक्रममा सहभागीले अगोम गुरुङको अफिसियल युट्यव च्यानलबाट भिडियो डाउनलोड गरेर टिकटक बनाउनुपर्ने छ । यसका लागि सम्पादन गरेको भिडियो मान्य नुहुने, लाइभ भिडियो हुनुपर्ने छ । यसमा जसको सबैभन्दा बढी शेयर, भ्युजका साथै अभिनय र नृत्यलाई प्राथमिकता दिइने बताइएको छ । प्रतियोगिले शिब कैलाश कला मन्दिरको अफिसियल टिक टक एकाउन्टमा मेन्सन गर्नुपर्ने छ ।

यसको निर्णयक समितिमा वरिष्ट नृत्य निर्देशकरलोक गायक तथा सङ्गीतकार ईन्द्र गुरुङ, मोडल तथा कारियोग्राफर बेदबहादुर बुढाथोकी (रोशन बुढाथोकी), सञ्चारकर्मी गीता अधिकारी रहनुभएको छ । यसको संयोजकमा निर्देशक तथा कोरियोग्राफर नारायण रिजाल रहनुभएको छ ।

कात्तिक २६ गते शनिबार एक विशेष कार्यक्रमबीच विजेतालाई नगद र प्रमाणपत्र दिइने संयोजक बुढाथोकीले जानकारी गराउनुभयो । यही कात्तिक २३ गते विजेता घोषणा गरिने बुढाथोकीले बताउनुभयो । प्रतियोगिले आवश्यक जानकारीका लागि संयोजक बुढाथोकीको ९८४३२४२०४६मा सम्पर्क गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?