रिता र केदारको स्वरमा ‘मखमली उनेर’

Read Time = 2 mins

काठमाडौं । नेपालीहरूको माहान् दोस्रो पर्व तिहार नजिकएसँगै तिहार सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यसैमेसोमा रिता बराल पौडेल र केदार न्यौपानेको स्वरमा रहेको गीत ‘मखमली उनेर’ सार्वजनिक भएको छ । केदारकै शब्द, रामकृष्ण थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रमेश पाठकले निर्देशन गरेको गीतको भिडियोमा कृष्ण रसालको नृत्य निर्देशन, राज पोख्रेलको छायांकन रहेको छ । नरेन्द्र वियोगिले मिक्सिङ तथा मस्टरिङ गरेको भिडियोमा अनिल अधिकारी रेकडिङ छ भने केदार न्यौपाने र साथीहरूको अभिनय हेर्न सकिन्छ । भिडियोमा रोशन धितालनको सम्पादन र कलर रहेको छ ।

भिडियोले नेपालीहरूले मनाउँदै आएको चाड तिहारको महत्व एवं साँस्कृतिक परम्परालाई चित्रण गरेको छ । म्युजिक भिडियोमा प्रस्तुत पहिरन र भाषाशैलीले आधुनिक पुस्तालाई सामाजिक रीति रिवाजप्रति आकर्षण जगाउन उत्प्रेरित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?