‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । यही २५ कात्तिकदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजीत एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको होे ।

लंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा धिरेन शाक्य, राजेन्द्र खड्गी, बुद्धि तामाङ, स्व. जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त राईलगायत कलाकारको अभिनय छ ।

रोमान्स, इमोसन र एक्सन मिश्रीत चलचित्रमा बुद्धिले प्रहरी अधिकृतको भूमिका निर्वाह गर्नुभएको छ भने शोभित खलपात्रको भूमिकामा हुनुहुन्छ । आरएल लामा मोक्तान निर्देशित चलचित्रलाई आर सोनम मोक्तान र लंकामाया मोक्तानले निर्माण गर्नुभएको हो ।

जीवन लामा कार्यकारी निर्माता रहेको चलचित्रका सहनिर्माता करणबहादुर विष्ट र प्रस्तुतकर्ता खड्क लामा मोक्तान हुनुहुन्छ । रामेश्वर हुमागाईले खिचेको चलचित्रका गीतमा विकास चौधरीको सङगीत, शिभम् अधिकारीको कथा, अजय स्याङतानको कोरियोग्राफी, तारा थापा ‘किम्भे’को सम्पादन र राजु किराँतीको द्वन्द्व निर्देशन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?