मौसम सामान्यतया सफा रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान सुदरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?