किभ । किभले रुसले पूर्वी खेरसन क्षेत्रमा जलविद्युत बाँध ध्वस्त गर्ने योजना बनाएको आरोप लगाएको छ । उक्त क्षेत्रमा युक्रेनी सैनिकहरू निरन्तर अगाडि बढिरहेका छन् भने मस्को-स्थापित अधिकारीहरूले खाली गर्न थालेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले काखोभका जलविद्युत आयोजनालाई विस्फोट गराउने उद्देश्यले खनन गरेको बताएका छन् । युरोपेली नेताहरूलाई बिहीबार एक भाषणमा जेलेन्स्कीले बाँध ध्वस्त भएमा तल्लो डिनिप्रो नदी वरपरका लाखौं मानिसहरू द्रुत बाढीको खतरामा हुने चेतावनी दिए ।
उनले भने कि दक्षिणमा पानीको आपूर्ति कटौतीले युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रको चिस्यान प्रणालीलाई पनि असर गर्न सक्छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच