काठमाडौं । आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लोकतान्त्रिक बाम(गठबन्धनले संयुक्त भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलामा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थिति रहने भएको छ।
दिउँसो २ बजेबाट वीरेन्द्रनगरको शुभ होटलमा सुरु हुने भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्षस्थ नेताले सम्बोधन गर्ने भएका छन्।
आजै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित सभालाई सम्बोधन गरेर शीर्ष नेताहरू दिउँसो १ बजे मात्रै वीरेन्द्रनगर आउने कार्यतालिका रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच