इरानी मूलका अमेरिकीले गरे वासिंगटनमा प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

तेहरान । गत महिना महसा अमिनीको मृत्युपछि इरानमा भएको राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्न इरानी मूलका हजारौं मानिसहरूले शनिबार वाशिंगटनमा जुलुस निकालेका थिए ।

जब उनीहरू नेशनल मलबाट हिंड्दै गर्दा उनीहरूले “महिला, जीवन, स्वतन्त्रता“ र “इरानका लागि न्याय“ जस्ता नारा लगाएका थिए ।

हिजाब नियम उल्लंघन गरेको अभियोगमा गत महिना इरानमा हिरासतमा राखिएकी युवती महसा अमिनीको मृत्युपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ ।

इरानी महिलाको प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै विश्वभर प्रदर्शन भएका छन् । त्यसैको अंशका रुपमा इरानी मूलका अमेरिकीले पनि प्रदर्शन गरेका हुन् । एजेन्सी

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?