समानुपातिकतर्फको बन्दसूचीबाट ३८५ जनाको नाम हटाइँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ३८५ जनालाई हटाउने भएको छ ।

पालिका चुनावमा उम्मेदवार भएर शनिबारसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् ।

वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताउनुभयो । दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ ।

पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६२४ जनालाई जरिबाना गरेको थियो ।

त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४३९ जना उम्मेदवार बनेका थिए । प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?