प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता धनगढीमा

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको छ ।

भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवाका साथै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता यहाँ आउनु भएहको छ । अहिले गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी पाँच दलीय गठबन्धनले धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?