धनगढी । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । राजनीतिक स्थिरताका लागि शत्तारुढ गठबन्धनको जित अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
पौडेलले ओलीलाई जनताले दुई तीहाईको मत दिँदा उनले दुई दुई पटक संसद विघटन गरेर राजनीतिक द्धन्द्ध निम्त्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशलाई विकासको खाँचो भएका वेला ओलीले राजनीतिक द्वन्द निम्त्याएर विकासको काम ठप्प परेका छन्,' पौडेलले भन्नुभयाे, ‘अहिलेको गठबन्धनले राजनीतिलाई सहि दिंशामा ल्याउन सफल भएको छ, अब बिकासका लागि यही गठबन्धनलाई जिताउनु अपरिहार्य छ ।’
धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे । उहाँले राष्ट्रपति र केपी ओलीबाट संविधानमाथि आक्रमण भएको बताउनुभयाे । त्यसैले यसको रक्षाका लागि गठबन्धन उम्मेदवार जीताउन उहाँले आग्रह गर्नुभयाे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका