सनातन धर्म नाश गर्नेहरू एकदिन आफैँ नाश भएर जानेछन्

Read Time = 18 mins

✍️ मणि शर्मा

चुनावी मुद्दा केही नभेटेपछि गठबन्धनका दलहरूको अब एउटै चुनावी मुद्दा भएको छ, आफू जितेपछि युवाहरूलाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने र चुनावमा मत माग्ने अर्को तरिकामा आएको परिवर्तन भनेको मतदाताहरूलाई साष्टाङ्ग दण्डवत ढोग । विकासको कुनै अजेण्डा नै छैन । आफूलाई गणतन्त्रको मसिहा भन्ने पुष्पकमल दाहाल जो अहिलेसम्म साम, दाम, दण्ड, भेदको नीति अपनाएर चुनाव जित्दै आएका छन्, जो कहिल्यै एकै ठाउँबाट जित्ने आशा गर्दैनन्, उनी यस पालि चितवनबाट चुनाव हार्ने निश्चित भएपछि गोरखा पलायन भएका छन् । चितवनमा उनलाई चुनाव महँगो पनि हुने भयो, तैपनि जित्ने सम्भावना कम भएकोले उनी गोरखाका जनतालाई मुर्ख बनाउन उता पलायन भए ।

उनको रोल्पादेखि कीर्तिपुर, सिराहा र चितवन हुँदै गोरखा पुग्नुमा उनले ती क्षेत्रमा गएर गरेका बाचाहरू पूरा नगरेकाले पनि गोरखा पलायन हुन बाध्य भए, एक पटक भए पनि गोरखाका जनतालाई मुर्ख बनाउन सकिन्छ भनेर । अर्को पक्ष भनेको गोरखा विकट ठाउँ भएकाले त्यहाँ धाँधली गर्न सजिलो हुन्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोग उनका पक्षमा छन् । निर्वाचन आयोग कतिसम्म पक्षपाती छ भन्ने कुरा ऊ आफैँले प्रमाणित गरेको छ । एउटै मुद्दामा माधव नेपाललाई कारबाही अगाडि बढाउने तर आरजु देउवालाई छुट दिने । निर्वाचन आयोगको भूमिका हेर्दा यो आयोगले निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वच्छ गराउनेछ भन्ने कल्पनै गर्न सकिँदैन ।

अहिले गठबन्धनले अर्को नारा फालेको छ, उनीहरू पराजित भए मुलुक प्रतिगमनको बाटोतिर जाने छ । उनीहरूले जनतालाई प्रतिगमनको अदृश्य खतरा देखाइरहेका छन् । उनीहरूको डर निष्कृय भएर बसेको राजसंस्थासँग हो । यतिका वर्ष भयो गणतन्त्र आएको तर किन अझै प्रतिगमनको डर छ ? राजासँग अहिले कुनै शक्ति छैन । सबै शक्तिका मालिक यिनै नेताहरू नै भएका छन् । आफू यति शक्तिशाली हुँदा किन उनीहरूको मनमा जनताले राजतन्त्र पुनःस्थापित गरेर प्रतिगमन निम्त्याउनेछन् भन्ने डर लागिरहेको छ ? किनकि उनीहरूले अहिलेसम्म देश र जनताका लागि केही नगरेर आफू, आफ्नो परिवार र आसेपासेको स्वार्थमा मात्र काम गरी रहेका छन् ।

देशलाई लुटेर कंकाल बनाइरहेका छन्, त्यसैले उनीहरूलाई प्रतिगमनको डर लागिरहेको छ । वास्तवमा २०६३ सालदेखि नै नेपाल प्रतिगमनको बाटोमा गइरहेको छ । प्रायोजित झुट, विरूप र भ्रम छर्दै आर्थिक रूपमा कमजोर जनतालाई आफूतिर आकर्षित गर्दै सत्तामा जाने र जनतालाई आत्महत्याको दिशातिर लग्ने व्यवस्था नै प्रतिगमन हो, जुन हालसम्म् पनि विद्यमान छ । निरन्तर देशको विकास गर्दै जानु प्रतिगमन रोक्ने ठूलो बल हो तर यो व्यवस्था तथा यसको नेताहरूले मुलुकलाई चौतर्फी रूपमा विनासको बाटोतिर लगेर आफैँ प्रतिगमन गरिरहेका छन् ।

यो प्रतिगमन निम्त्याउन विदेशीका इसारामा चल्ने यी नेताहरूमात्र दोषी छैनन्, कुनै न कुनै रूपमा राजसंस्था पनि उत्तिकै जिम्मेवार छ । राजतन्त्रको पतन बाहृय कारणले भए तापनि आन्तरिक रूपमा ऊ पनि कहीँ न कहीँ दोषी छ ।

यो प्रतिगमन निम्त्याउन विदेशीका इसारामा चल्ने यी नेताहरू मात्र दोषी छैनन्, कुनै न कुनै रूपमा राजसंस्था पनि उत्तिकै जिम्मेवार छ । राजतन्त्रको पतन बाहृय कारणले भए तापनि आन्तरिक रूपमा ऊ पनि कहीँ न कहीँ दोषी छ । राजा महेन्द्र राजकाजमा नरहरिनाथको सुझाव लिने गर्थे । राजा महेन्द्र बेलाबखत नरहरिनाथलाई भेट्ने गर्थे । २०१९ सालको संविधान बनाउँदा संविधानमा हिन्दू राष्ट्र राखौँ भने क्रिश्चियनहरू रिसाउँछन्, मुसलमानहरू रिसाउँछन्, अनि हाम्रो समृद्धि कसरी हुन्छ भनेर सोध्दा योगी नरहरिनाथले, तिमी राखमात्रै राष्ट्रको रक्षा यसले मात्र गर्न सक्छ भन्नु भएको थियो । कसरी भनेर राजा महेन्द्रले सोध्दा, उहाँले भन्नुभयो, इण्डियाले आफ्ना साठी करोड हिन्दूहरूको सम्मान गर्नुपर्छ, चीन हाम्राविरुद्ध आइलाग्यो र तिब्बत जस्तो बनाउन खोज्यो भने त्यति बेला के गर्छौँ तिमी ? विश्वका एक अर्ब हिन्दू त हाम्रो पक्षमा आउनेछन् । योगी नरहरिनाथको सल्लाहले २०१९ को संविधानमा नेपाललाई हिन्दू राष्ट्र राख्ने निर्णय भयो ।

केवल मन्दिरहरू धाउने, विभिन्न देवी देउताहरूको दर्शन गर्ने, पूजा आजा गर्ने, तीर्थाटन गर्ने गर्दैमा हिन्दू भइँदैन । हिन्दू राजा हुन वैदिक सनातन धर्मको पूर्णज्ञाता, वेदज्ञ सदाचारी ब्राहृमणलाई आफ्नो सल्लाहकार राख्नुपर्छ । उनको सल्लाहले राजकाज चलाउनुपर्छ । यस सम्बन्धमा महाभारतको एउटा कथा छ । अर्जुनले आफ्नो यात्राको दौरान सरोवरमा स्त्रीहरूसँग विहार गरिरहेका गन्धर्वलाई पराजित गरेका थिए । गन्धर्व ज्ञानी पनि थिए । अर्जुनले गन्धर्वलाई प्रश्न गरे, तिमी यति ज्ञानी हुँदाहुँदै मसँग युद्धमा कसरी हा¥यौ ? गन्धर्वले दिएको जवाफ आजको सन्दर्भमा चाहे राष्ट्रको सम्बन्धमा होस्, चाहे समाजको कति विचारणीय छ हेरौँ ।

गन्धर्वले भने, ‘अर्जुन, मेरो पराजयको कारण थियो मेरो ब्रहृमचर्यको भंग हुनु । ब्रहृमचर्यको अर्थ हो विनाऋतुको सहवास गर्नु । ब्रहृमचर्य भंग भयो, त्यो आफ्नो ठाउँमा छँदै थियो तर मैले ज्ञानी पुरोहितलाई नियुक्त गरेको थिएँ भने कम्तीमा म युद्धमा हार्ने थिइन । यदि मैले कामाशक्त भएर पनि ब्राहृमणलाई सँगै राखेको थिउँ भने, जो वेद र वेदज्ञको ज्ञाता भएको होस्, त्यसो भएको भए म युद्धमा हार्ने थिइन । यदि मैले सम्पूर्ण वासनाहरूलाई सँगै राखेर भए पनि सद्गुणी, वासनामुक्त ब्राहृमणलाई पुरोहित बनाएको थिएँ भने आज ती पुरोहितले मलाई हार्न दिने थिएनन् । यदि विश्वको कुनै पनि कल्याणकारी युद्ध गर्नु छ भने ब्राहृमणसँगै हुनु जरुरी छ । ब्राहृमणहरू विना कुनै काम हुँदैन तर मैले सत्तालाई ब्राहृमणविहीन बनाइदिएँ ।

आज मैले यसको दण्ड मभन्दा हजार गुणा कमजोर अर्जुनबाट पराजित भएर भोगेँ । क्षत्रियहरूको घाँटी सदैव ब्राहृमण हुनुपर्छ, क्षत्रीयहरूको प्रवक्ता ब्राहृमण हुनुपर्छ, जो दमदार बोल्छ, सदाचारी गुणवान हुन्छ, त्यस्ता ब्राहृमण क्षत्रीयहहृको पुरोहित बनून्, ती पुरोहितले क्षत्रीयहरूसँग मिलेर पूरै धरती जिताउन सक्छन्, कुनै राज्यको धन लुट्नु छ भने कार्ययोजनाको जिम्मेवारी ब्राहृमणसँग हुनुपर्छ । ब्राहृमणले त्यो कार्य सजिलोसँग गराइदिन्छन् । यदि कसैलाई यश तथा ऐश्वर्य पाउनु छ भने त्यो कार्य गर्नुपूर्व ब्राहृमणको आज्ञा लिनुपर्छ ।

अन्त्यमा गन्धर्व भन्छन्– न ही कैवलर्शोयेण ताप्तयाभिजनेन च । जयेद ब्राहृमण कश्चिद भूमि, भूमिपति कश्चित ।। कसैले यदि ऊविना ब्राहृमणको सहायताले, केवल आफ्नो कुलीनताको भरोसाले वा आफ्नो बलले भूमि जित्नेछु भन्ने सोच राख्छ भने यो उसको भ्रम हो । मेरो भ्रम त टुट्यो अरूको पनि टुट्नेछ । जहाँ क्षत्रियहरूले ब्राहृमणहरूलाई प्रधानता दिन्छन्, त्यो राज्य र संघ सुरक्षित रहन सक्छ ।

हाम्रा शास्त्रहरूमा भनेका ब्राहृमण हाम्रा विधर्मी, राष्ट्रघाती, नरसंहारकारी, स्वार्थी, लुटेरा, दुराचारी र नैतिकहीन ब्राहृमणहरू होइनन्, वेद वेदंगमा पारंगत, निःस्वार्थी, निर्लाेभी, सच्चरित्र, विश्व कल्याणकारी सोच भएका, राष्ट्रभक्त ब्राहृमणलाई भनिएको हो । न त हाम्रा धर्मछाडा, दुराचारी, देशद्रोही, लम्पट, स्वार्थी, बेइमान प्रकृतिका क्षत्रीयहरूका बारेमा भनिएको हो । जुन क्षत्रीयले आफ्नो राष्ट्रको अस्मिताको रक्षा गर्न सक्दैन, कुशल शासनद्वारा जनतालाई सुखी र सम्पन्नशाली बनाउन सक्दैन त्यो क्षत्रिय नै होइन, त्यो दस्यु हो । एउटा ब्राहृमण चाणक्यले कसरी एउटा सामान्य केटा चन्द्रगुप्तलाई विशाल मगध साम्राज्यको सम्राट बनाए भन्ने उदाहरण नै छ ।

नेपालमा ओमकार परिवार ९४ प्रतिशत छन्, जो दैनिक पूजापाठ पनि गर्छन् । मन्दिरहरू पनि जान्छन्, तीर्थाटन पनि गर्छन् तर मतदानको बेला सनातन धर्मनाशा म्लेच्छहरू र तिनीहरूका दलहरूलाई मतदान गर्छन् । नेपालको मौलिकता नष्ट गरेर मुलुकलाई इसाईकरण गर्नेहरू कसरी सनातन धर्मावलम्वी हुन सक्छन् ? यहाँ सनातन धर्म, संस्कृति, संस्कारको रक्षा गर्न राजाहरू त चुके आज जनता पनि चुक्दैछन् ।

राजा वीरेन्द्रले आफू विदेशमा पढेका हुनाले नेपाललाई पनि युरोप, अमेरिका जस्तो बनाउने उद्देश्यले इसाईहरूको बहकाउमा नयाँ शिक्षा योजना लागू गरेपछि योगी नरहरिनाथले यसको विरोध गर्नुभयो । उहाँले संस्कृत शिक्षाको वकालत गर्नुभयो ।

राजा महेन्द्रले दरबारमै संस्कृत शिक्षा ग्रहण गरे, गुरु पुरोहित, योगीको परामर्श सत्ता सञ्चालनमा लिएकै कारण उनको शासन स्थिररूपमा टिक्न सक्यो, देशले प्रगतिमा छलाङ हाल्यो तर राजा वीरेन्द्र एउटा असल शासक हुँदाहुँदै पश्चिमा शिक्षा र संस्कार अपनाएर आफ्नो परम्परालाई त्याग गरेकोले उनको र उनको परिवारको हत्यामा बाहृय कारण भए तापनि यो पनि एउटा प्रमुख कारणले हो । ज्ञानेन्द्र पनि त्यही बाटोमा हिँडे र आफ्ना सन्तानलाई पश्चिमा शिक्षा तथा संस्कृतिले सुशोभित गरेर दाइको बाटो नै अँगालेका छन् ।

सनातन धर्मको रक्षाको लागि नेपालमा राजसंस्था अति नै आवश्यक छ तर राजा स्वयंले वैदिक आचरण अपनाउनु जरुरी छ । पृथ्वीनारायण शाहले आफ्नो गुरुको आदेश नमानेर जबरजस्ती कीर्तिपुर आक्रमण गर्दा पराजयमात्र व्यहोर्नु परेन सँगसँगै योग्य सेनापति कालु पाण्डे पनि त्यो युद्धमा मारिएका थिए । ब्र्राहृमणको वचन नमान्नाले पृथ्वीनारायण शाहको पराजय भएको थियो । राजा वीरेन्द्र सोझा थिए तर उनी विदेशमा पढेको हुनाले नेपाललाई पनि युरोप, अमेरिका जस्तो बनाउने उद्देश्यले इसाईहरूको बहकाउमा नयाँ शिक्षा योजना लागू गरेपछि योगी नरहरिनाथले यसको विरोध गर्नुभयो । मान्छेलाई देउता बनाउने संस्कृत शिक्षाको वकालत गर्दै हिँड्नुभयो, उहाँले मान्छेलाई सुसंस्कृत बनाउने दैवीशक्ति भएको संस्कृत शिक्षा लागू गर्नुपर्छ भनेर लागिपर्नुभयो । उहाँ इसाई, मुसाई, कसाई र चुसाई मिलेर देशलाई बर्बाद पार्दैछन् भन्दै हिँड्नुभयो । दरबार षड्यन्त्रकारीहरूको घेराभित्र थियो । उनीहरूले नरहरिनाथ बहुदलवादी अराष्ट्रिय तत्व हो भनेर आरोप लगाए । युवराज दीपेन्द्रलाई अपहरण गर्न लागेको कपोलकल्पित आरोप लगाएर दरबारको निर्देशनमा उनलाई २०३२ सालमा बन्दी बनाई भद्रबन्दीगृहमा पठाए ।

दुई वर्षभन्दा बढी अवधि जेल बस्दा उहाँलाई त्यहाँ मार्ने षड्यन्त्र पनि गरिएको थियो । २०१६÷०१७ सालतिर दुई पटकसम्म राजावादीको आरोपमा उनलाई मार्ने प्रयास भएको थियो । नरहरिनाथले राजा वीरेन्द्र र नेपालको अवस्था बारे सिकतिल तरु भन्नुभएको थियो, तरु भनेको रूख, सिकतिल भनेको नदीको किनार अर्थात् तलबाट नदीले बालुवा बगाउँदै गर्दा रूख जुनसुकै बेला ढल्छ भन्नुभएको थियो । अन्ततः राजसंस्था ढल्यो र वीरेन्द्रको वंशनाश पनि भयो । राजा वीरेन्द्रले चाकडीबाजहरूको कुरा सुनेर उनलाई दण्ड दिए परिणाम सर्वविदित छ । धर्मको रक्षा गर्नेको जसले अहित गर्छ वा हत्या गर्छ वा गराउन खोज्छ उसलाई धर्मले नाश गर्छ ।

भारतमा करपात्री महाराजलाई गोहत्या बन्द गर्ने वचन दिएकी इन्दिरा गान्धी आफू प्रधानमन्त्री भएपछि पनि गोहत्या बन्द नगरेकाले असंख्य साधु सन्यासीहरू लिएर करपात्री महाराज संसद् घेर्न पुगे । आन्दोलन चर्किएपछि इन्दिरा गान्धीले उनीहरूमाथि गोली चलाउन आदेश दिइन् । प्रहरीको गोलीले सयौं साधुसन्तको मृत्यु भयो र सयौंको संख्यामा घाइते भए । शवहरू जम्मा गर्दै करपात्री महाराजले इन्दिरा गान्धीलाई श्राप दिएका थिए, जसरी आज तैंले गोलीबारी गरेर साधु सन्तहरूको हत्या गरिस् एक दिन यसरी नै तँ मारिनेछेस् ।

महाराजको श्राप लाग्यो । पहिला उनका कान्छा छोरा सञ्जय गान्धी विमान दुर्घटनामा मरे, त्यसपछि इन्दिरा गान्धी आफ्नै गाडको गोली खाएर मरिन्, त्यसपछि उनका जेठा छोरो राजीव गान्धी आत्मघाती बम हमलामा मारिए । आज भारतमा कांग्रेस लोप हुने अवस्थामा पुगेको छ । मंसिर ४ मा सम्पूर्ण सनातन धर्मावलम्बीहरूले सनातन धर्मको संरक्षक उम्मेदवारलाई जिताउनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?