युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । युक्रेनमा रुसी युद्धलाई लिएर पश्चिमी प्रतिबन्धबीच इरानले आफ्नो ग्यास उद्योगलाई मद्दत गर्न रुससँग ४० वटा टर्बाइन उपलब्ध गराउने सम्झौता गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानको “औद्योगिक सफलताहरू क्षेप्यास्त्र र ड्रोनका क्षेत्रमा मात्र सीमित छैनन्,“ इरानी ग्यास इन्जिनियरिङ एण्ड डेभलपमेन्ट कम्पनीका सीईओ रेजा नौशादीलाई उद्धृत गर्दै सानाले जनाएको छ ।

“हाल ग्यास उद्योगलाई आवश्यक पर्ने ८५ प्रतिशत सुविधा र उपकरण स्वदेशभित्रै निर्माण भएका छन् र यही क्षमताका आधारमा हालै रुसमा ४० वटा इरानी निर्मित टर्बाइन निर्यात गर्ने सम्झौता भएको छ,“ उनले थपे ।

नौशादीले सम्झौता कहिले गरिएको थियो र टर्बाइन वितरण गर्ने मितिबारे भने केही खुलाएनन् । युक्रेनमा क्रेमलिनको आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएपछि रुसले विभिन्न युरोपेली राष्ट्रहरूमा ग्यास आपूर्ति घटाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?