म्याड्रिड । अगस्टमा न्युयोर्कमा छुरा हमलामा परेका विश्व प्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका एजेन्टले बताएका छन् । सलमानले एउटा हात पनि नचल्ने भएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका उनले एजेन्टले स्पेनको एल पेस पत्रिकालाई भने ‘त्यो क्रुर हमला थियो । ’
एल पेससँगको अन्तर्वार्तामा वाइलीले भने, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीनवटा गम्भिर घाउहरू थिए । उनको हातको नसा काटिएको कारण एउटा हात चल्दैन ।
अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ । कतिपय मुस्लिमहरुले उनको पुस्तकले इस निन्दा गरेको बताएका छन् । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच