श्रेष्ठको निधनप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त

Read Time = 1 min

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पूर्वसांसद तथा नेपाली कांग्रेसकी नेतृ मैयादेवी श्रेष्ठको निधनबाट आफू दुःखी भएको बताउनु भएको छ । उहाँले दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजसेवाको क्षेत्रमा श्रेष्ठले पुर्याएको योगदानलाई सम्झिरहने उहाँको भनाइ छ । चितवन घर भएकी श्रेष्ठको ९५ वर्षको उमेरमा आइतबार निधन भएको थियो । उहाँ लामो समयसम्म अस्वस्थ हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनकालमा झन्डै एक अर्ब बराबरको सम्पत्ति दान गरिसकेको कांग्रेस चितवनका नेता कार्यकर्ता बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?