रकम तोकेर देउसी भैलो नगर्न जिल्ला प्रशासन गुल्मीको आग्रह

Read Time = 2 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीमा तिहारका बेला रकम तोकेर देउसी भैलो कार्यक्रम नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारका बेला कुनै पनि व्यक्ति वा संस्थालाई आर्थिक दवाव दिएर नाचगान कार्यक्रम नगर्न आग्रह गरेको हो ।

एक सूचना जारी गर्दै प्रशासन कार्यालय गुल्मीले जुवा तास लगायतका कानून विपरित कार्यहरु कसैले पनि नगर्न आग्रह गरेको छ । पटका, आतिसवाजी जस्ता प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपसार विक्री वितरण र प्रयोग नगर्न समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।

मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी तिहार पर्वको समयमा सार्वजनिक स्थलमा हो–हल्ला, झै–झगडा गरी शान्तिलाई असर पार्ने कुनै कार्य नगर्न सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, देउसी भैलो नाचगान लगायतका कार्यहरु बिहान ७ः०० बजेदेखि राती ९ः०० बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्ण गर्ने र यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवलाई असर पर्ने कुनै गतिविधि गर्न सूचनामा उल्लेख छ ।

यस समयमा हुन सक्ने अवाञ्छित कार्यहरुको नियन्त्रण गरी जनचाहना बमोजिम सुरक्षित एवम् शान्तीपूर्ण चाडपर्व मनाउने सबैको जिम्मेवारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?