राष्ट्रपति निवासमा परम्परागत शैली झल्कने देउसीभैलो (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ ।
सोमवारराष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।

कार्यक्रममा कलाकारहरुले ‘जाग, लम्क, चम्क हे नौजवान हो’ लगायतका केही राष्ट्रप्रेमको भावना झल्किने गीतहरु पनि प्रश्तुत गरेका थिए ।

बालमन्दिरका बालबालिकाहरुले नृत्य पनि प्रश्तुत गरेका थिए ।

देउसीभैलोसँगै प्रश्तुत भएका सबै सांगीतिक तथा सांस्कृतिक प्रश्तुतिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चाखपूर्ण रुपले हेर्नुभएको थियो । प्रश्तुतिहरु सकिएलगत्तै उहाँले देउसे टोलीलाई नाङलोमा राखेर दान दिनुभएको थियो ।

यससँगै भैली टोलीले आशिष दिएका थिए । आशिषमार्फत राष्ट्रपति भण्डारीको उन्नति, प्रगती तथा सुस्वास्थ्यको कामना गरिएको थियो । घरमा लक्ष्मीले वास गरुन् । आगामी वर्ष पनि आउन पाउँ लगायतको आशिष थियो । आशिषमै पाएको दक्षिणाले सामाजिक कार्य गर्ने जानकारी पनि गराइएको थियो ।

अन्त्यमा भैली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामुहिक तस्बिर खिचाएर देउसीभैलो कार्यक्रम सम्पन्न गरिएको थियो ।

तस्बिर:

deushi 4

deushi 3

deushi 2

FINAL.01_15_09_09.Still250

FINAL.00_57_46_02.Still235

FINAL.00_51_57_07.Still232

FINAL.01_11_16_10.Still240

FINAL.01_00_08_00.Still236

FINAL.00_52_22_08.Still233

FINAL.00_51_33_20.Still229

FINAL.01_06_03_18.Still237

FINAL.00_51_54_18.Still231

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?