फिदिम । पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ ।
मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते भएका छन् । सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका