विजुली सर्ट भई सल्केको आगोले तीन फर्निचर उद्योगमा क्षति

हिमालय टाइम्स
Read Time = 1 min

-विवेक खड्का

दाङ । दाङको घोराहीमा भएको आगलागनीबाट तीन फर्निचर उद्योगहरू जलेर खरानी भएका छन् । फर्निचर उद्योग र सोरुमहरूमा एकै साथ भएको आगलागीबाट सात करोड बरावरको क्षति भएको छ ।

घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा ‘न्यू दाजुभाइ फर्निचर उद्योग, दाजुभाइ फर्निचर उद्योग, स्टार दाजुभाइ फर्निचर उद्योगका साथै ऊँ प्रकृति सो रुम जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

तीन फर्निचर उद्योग, एउटा सो रुममा पूर्ण रूपमा जलेर नष्ट भएको र त्यसबाट झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको डिएपि राजन गौतमले जानकारी दिनुभयो ।

आगो बिहान मात्रै नियन्त्रणामा आएको थियो । आगो नियन्त्रण लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रातभर ठूलो संख्यामा १ वजेदेखि खटिएका गौतमले वताउनु भयो।

बिजुली सर्ट भई आगलागी भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?