टी-२० विश्वकप : आज दुई खेल हुँदै

Read Time = 1 min

काठमाडौं । आईसिसी टी-२० विश्वकपअन्तर्गत बुधबार दुई खेल हुँदैछन् ।

सुपर(१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् ।

विहान पौने १० बजे सुरु हुने खेलमा आयरल्यान्ड र इंग्ल्यान्डको खेल मेलवर्नमा हुनेछ । आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

दिउसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलवर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा छ । आफगानिस्तान भने पहिलो जितको खोजीमा छ ।

समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अस्टे्रलियाको सामना दुई दुई अंक छ । अफगानिस्तान र आयरल्यान्ड बिना अंक छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?