बंगलदेशमा आँधीः हराइरहेका आठ जनाको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

ढाका । उद्दारकर्ताले बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव फेला परेको छ ।

योसँगै आँधी र आँधीपछिको वर्षाका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ । सोमबार आएको चक्रवातका समयमा उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिए पनि फर्किएका थिएनन् । माछामार्न गएका समयमा उनीहरु सवार डुंगा चक्रवातका कारण डुबेको थियो ।

यो तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?