फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन

Read Time = 1 min

मुम्बई । फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।

शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिनेताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।

शिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’, ‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआबरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए । यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।

शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?