धादिङ अस्पतालमा एक बिरामीको ज्यान गयो

हिमालय टाइम्स
Read Time = 1 min

-बाबुराम श्रेष्ठ
धादिङ । पेटको समस्या भइ जिल्ला अस्पताल धादिङमा भर्ना भएका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिद्लेख गाउँपालिका वडा नम्बर ४ का २९ बर्षिय राजु परियार रहेका छन् । बिहिवार एक्कासी पेट दुखेपछि राति करिब ३ बजे आफन्तहरुले उनलाई अस्पतालमा ल्याएका थिए ।

अस्पतालमा भर्ना भएको केहि समयमै उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ । मृत्यु पछि आफन्तहरुले अस्पताल परिसरमा नाराबाजी गर्नुका साथै शव बुज्न मानेको छैनन् । धादिङ अस्पतालमा यस्तो घटना भने कुनै नौलो होइन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?