सोलुखुम्बुमा मेरो विजयी निर्विरोधजस्तै छ : बलबहादुर केसी

Read Time = 2 mins

काठमाडौं । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्नुभएको छ। पूर्वमन्त्रीसमेत रहनुभएको उहाँले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्नुभयो ।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताउनु भएका उहाँले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताउनु भयो । यसबारे सोलुवासी जानकार रहेका उहाँको भनाइ छ ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन् । एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले बताउनु भयो ।

हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उहाँले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने दाबी गर्नुभयो ।
२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ ।

उहाँ २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी हुनु भएको थियो । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गर्नुभएका उहाँले यसपटक पनि निर्वाचित हुने दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?