पिडामा पर्शुरामबासी

हिमालय टाइम्स
Read Time = 3 mins

-टेकराज अवस्थी

डडेल्धुरा । सिमाबर्ती नदी महाकालीमा पुल नबन्दा दशकौंदेखि डडेल्धुराका जनताले सास्ती भोगिरहेका छन ।

जिल्लाको भित्रिमधेश अन्र्तगत परशुराम नगरपालिकाको वडा नं. ५ पर्शुरामधाम क्षेत्रका जनताले पक्की पुल बन्ने भाषण सुनेको तिन दशक बितिसक्यो तर आश्वासन भाषणमा सिमित रहेको स्थानीय तथा पर्शुरामका पुजारी देवदत्त भट्ट बताउनुहुन्छ ।

हरेक चुनावमा आश्वासनको चाङ लाग्ने पर्शुराम क्षेत्रमा दुई देशिय नदी महाकालीमा या त जोखिम मालेर टायरट्यबमा तर्नु पर्छ भने या त बञ्चितमा पर्नुको बिकल्प नभएको स्थानीय समाजसेवी प्रेमबहादुर चन्द बताउनुहुन्छ ।

केहि वर्ष पहिलेसम्म दुबै देशको सहमतिमा काठे डुंगासम्म सञ्चालन भए पनि हाल उक्त डुंगा पनि नहुँदा स्थानीयले दैनिक उपभोग्य बस्तु सस्तोमा पाईने छिमेकी बजार जान समस्या भएको स्थानीय मदन नाथको भनाइ छ ।

यस्तै पर्शुराम नगरपालिकाको वडा नं.५ परिगाउँ अथवा महाकाली नदी क्षेत्रका जनतालाई शुद्ध पिउने पानी र धान गहुँका उत्पादनका लागि उर्बर भुमिमा सिंचाईको समेत असुबिधा भएको स्थानीयले गुनासो गरेका छन ।

स्थानीय भन्छन महाकाली नदीको पर्शुरामघाटमा पक्की पुल बनाउने बाचा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दशक भन्दा अघिको निर्वाचनमा बोल्नुभएको थियो । तर, पक्की त कता हो कता सामान्य झोलुङ्गे पुलसम्म पनि निर्माण भएन ।

सिमावर्ती क्षेत्रका जनताबाट भोट माग्न हरेक समयमा झूट बोल्दै विकासको आश्वासन र प्रलोभन देखाए तर काम गरेर देखाउन नसके पछि राजनीति प्रति आम सर्बसाधारणको खिन्नता बढेको परिगाउँबासीको अनुभूति रहेको छ ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रि मधेशको पर्शुराम क्षेत्रमा सिमावर्ती नदी महाकालीमा वर्षेनी बढने पानीको सतहका कारण स्थानीयलाई आवत जावत गर्न असंभवप्राय मात्र छैन दैनिक जनजीवन पनि प्रभावित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?