-चन्द्रकान्त खनाल
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थय सगैं कृषि क्षेत्रमा पनि प्रचुर संभावन रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो ।
नेपाली कांग्रेसका प्रभावसाली केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधी सभा उम्मेदवार समेत रहेका मन्त्री खाणले गहुँको सिजनमा मल अभाव हुन नदीने गरी नेपाल सरकारले भारत सरकार सँग जिटुजी मार्फत रासायनीक मल खरी प्रक्रीया अगाडी बढाएको बताउनु भयो । दिर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेसमै रसायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडी बढाएको उहाँको भनाई छ ।
गठबन्धनद्धारा भैरहवा र ओमसतीयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमीकतामा राख्दै सरकारले सेमलारमा देसकै ठुलो कृषि थोक हाटबजार संकलन तथा बिक्री केन्द्र स्थापना गर्न लागेको बताउनु भयो । उहाँले कृषि थोकबजार स्थापना पछि यहाँ तरकारी तथाफलफुुलजन्य बस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट कार्गो प्रयोग गरी बिदेश निर्यात गर्न सकिने उल्लेख गर्नु भयो । मन्त्री खाणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै उहाँले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने बताउनु भयो ।
त्यस्तै आफु सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईका लागि जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृषि क्षेत्रको बिकासका लागि आवश्यक पुर्वाधार निर्माण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने उहाँको प्रतिबद्धता छ ।
गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ (क) का प्रदेश सभा उम्मेदवार एवं पुर्व मन्त्री सन्तोस कुमार पाण्डेयले बिकासका लागि धर्म, जात, भाषा, क्षेत्रीयता भन्दा माथी बिकास प्रेमी नेतालाई बिजयी बनाउनआग्रह गर्नु भयो । उहाँले आफुु छोटो समयका लागि मन्त्री हुँदा भैरहवा क्षेत्रको बिकासका लागि सकारात्मक पहल गरेको जानकारी गराउदै भविष्यमा यहाँको अझ बिकास र समृद्धीका लागि प्रतिबद्ध भएर जनता सँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच