कालीकोट बिष्फोट अपडेट: दुईको मुत्यु, तिनघाइते

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । कालीकोट जिल्लाको तिलागुफा-१० रानाबाडामा शनिवार बिहान ८ बजे बम बिष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने तिनजना घाइते भएका छन् ।

घाइते हुँनेहरुमा तिलागुफा-१० रानाबाडा बस्ने बर्ष ५का मुस्कान थापा, सोही वडामै बसोबास गर्ने बर्ष ७ का कमल थापा र बर्ष ३ का दर्शना राना घाइते भएका हुन् ।

घाइते चार जनामध्ये बर्ष ३ की दर्शना राना र बर्ष ५ का मुस्कान थापाको अबस्था गम्भिर रहेको छ भने बर्ष ४ की सरस्वती रानाको बिहान ११: ४० मा उपचारका क्रममा कर्णाली प्रादेशीक अस्पताल कालागाउँ सुर्खेतमा र बर्ष ४ कै झरना रानाको घटना स्थलमै मृत्यु भएको हो ।

जिल्लाप्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालकाअनुसार बिहान बालबालिका गोरु चराउन जाँदा घर नजिकैको गोरेटोमा बम फेला पारेको र बालबालिकाले बम खेलाउने क्रममा बिष्फोट भएको जानकारी दिनुभयो ।

घटना स्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान गर्दा सकेट बम हुँन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै चुनाव प्रचार-प्रसारमा घरदैलोमा पुग्ने नेता कार्यकर्तालाई तर्साउन राखिएको बम हुँन सक्ने प्रहरी प्रशासनले आँकलन गरेको छ । चुनाव नजिकिए सँगै गाउँघरमा आपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?