काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो ।
छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि समितिले पत्रकार सम्मेलन गरेर महानगरसँग आग्रह गर्नुपरेको समिति अध्यक्ष मदन साहले जानकारी दिनुभयो ।
रानीपोखरी आसपासमा बस्नेहरु व्रतालुका लागि सहज हुने भएकाले काठमाडौं महानगरसँग आग्रह गरेको साहले बताए ।
भोलि आइतबार जलाशयमा शरीरको आधा भाग डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच