काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी अन्तिम चरणमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरुमा छठी माईको पूजाका लागि तयारीको काम भईरहेको छ ।

छठ पर्वको मुख्य दिन भोलि (आईतबार) छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरुमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।

कुपन्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतिसकुमार झाले बताउनु भयो । उहाँले सो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिनु भयो ।

काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भईरहेको छ । सोही अनुसार कमल पोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताउनु भयो । उहाँका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ ।

कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।

सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाईने यो पर्वको आज दोस्रो दिन खरना मनाईदैछ । आइतबार (भोली) छठ पर्वको मुख्य दिन हो ।यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिईन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिईन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?