राजु गरुङको आरोप : निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भयो

हिमालय टाइम्स
Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । कार्तिक एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सचिव राजु गुरुङले सर्वोच्चको फैसलामाथि टिप्पणी गर्नु भएको छ । गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यलय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाउनु भएको छ ।

गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदारी दिए पनि उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिबार बुटवलमा आयोना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि टिप्पणी गर्नु भएको छ ।

रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका बिष्णु पौडेल एकल रुपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्यासित रुपमा उजुरी परेको उहाँले उल्लेख गर्नु भयो । आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालो सूचिमा भएपनि उनीहरु उम्मेदवारी खारेज नभई आफ्नो मात्र भएको बताउनु भयो ।

गुरुङको उम्मेदारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशबबहादुर थापालाई समर्थन गरेको छ । सम्मेलमा पाँच दलीय सत्तारुढ गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीका पाँचवटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा निर्वाचनमा एक भएर जाने भएका छन् ।

शनिबार सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीले संयुक्त पत्रकार सम्मेलन गर्दै जिल्लाका निर्वाचन क्षेत्रहरुमा साझा उम्मेदवार तय गर्दै एक आपसमा सघाउने घोषणा गरेका हुन् ।
जसअनुसार रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई सघाउने भएको छ । यहाँ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिलाई रोजेको हो ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा १ र २, तथा क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १, ३, ४ र ५ मा जनमुक्ति पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा डिबी थापा, प्रदेशसभा १ मा विमला गुरुङ र प्रदेशसभा २ मा छत्रबहादुर दर्लामी, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा मोजिद अली, प्रदेशसभा २ मा मीनबहादुर पल्लीमगर लाई सघाउने निर्णय भएको गठबन्धन र जनमुक्तिले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा गठबन्धनका तर्फबाट वार्ता समिति संयोजक राजु गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य वामदेव क्षेत्री, नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, लोसपाका अजय बर्मा, नेपाल समाजवादी पार्टीका कमल खनालले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?