-विवेक खड्का
दाङ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर स्थित मदनआश्रित चोकमा रा ७ प १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ तुलसीपुर –१७ मज्गैका २४ वर्षीय रवि बस्नेतको मृत्यु भएको हो ।
तुलसीपुर –६ को मदन आश्रित चोक नजिकै अनियन्त्रीत भई मोटरसाइकल पटल्दा बस्नेत घाइते हुनुभएको थियो ।
दुर्घटनामा परी घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका