प्रधानमन्त्री कप क्रिकेट आजबाट, दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन दुई खेलहरू हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

अर्को खेल मुलपानी मैदानमा हुनेछ । जसमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । यस खेल पनि बिहान ९ः३० बजे नै सुरु हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। समूह ‘ए’मा एपीएफ, आर्मी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश छन्। समूह ‘बी’मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ छन्।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन्।

यसैगरी उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पुरस्कार पाउने छन्। हरेक खेलको प्लेयर अफ दी म्याचले पाँच हजार पाउने छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?