सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुुस

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?