गीति संग्रह ‘मधुमास’को बिमोचन

Read Time = 2 mins

-विवेक खड्का

दाङ । संगीतकार सन्तोष श्रेष्ठको एकल संगीतमा रहेको आधुनिक गीति सङ्ग्रह मधुमासको विमोचन गरिएको छ । दाङको घोराहीमा राप्ती साहित्य परिषद्को आयोजनामा उक्त आधुनिक गीति सङ्ग्रह मधुमासको विमोचन गरिएको हो ।

गीति सङ्ग्रह मधुमासमा गीतकार नरेश खड्काको तिम्लाई माया गर्ने मुटु, प्रकाश केसीको सानो कुरामा फाटेको मन, प्रबल बिष्टको दुई मुटुको साईनो, खड्ग विवश विसीको कहाँनेर छुट्यो भाग्य, सुशील पुन बिरहीको यति चोट दियौ तिमीले, अभि क्षेत्री समर्पणको नसोध भो कस्तो बित्छ रात बोलको गीत समावेश छन । ती गितहरुमा रामकृष्ण ढकाल, प्रमोद खरेल , अन्जु पन्त , प्रबिशा अधिकारी पूर्णिमा लामा, रचना रिमाल , प्रवीण बेडवाल र अनन्त केसीको स्वर रहेकाे छ ।

राप्ती साहित्य परिषद् केन्द्रकाअध्यक्ष टीकाराम उदासीको अध्यक्षता एवं साहित्यकार नारायण नेपालको प्रमुख अतिथ्यमा भएको विमोचन कार्यक्रममा वोल्ने वक्ताहरुले मानिसको सोच र समाजलाई सकारात्मक उर्जा दिने यी गीतहरुले भुमिका खेल्ने वताए ।

कार्यक्रमका समिक्षक एवं नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले गीतले समाजलाई सन्देश दिने बताउनुभयो । गीतहरुमा देश प्रेमको कुरा, माया प्रेमको कुरा, समाजको कुरा, मिलन बिछोडको कुरालगायत थुप्रै शब्दहरु समेटिएको छ । प्रत्यक गीतका शब्दले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?