प्रधानमन्त्री देउवाद्वारा अस्ताउँदो सूर्यको पूजा आराधना

Read Time = 2 mins
A A- A+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गर्नुभएको छ ।

आईतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गर्नुभएको हो । सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा अर्चना गरेका छन् । छठ पर्वका लागि थापाथलीस्थित वागमती नदी किनार झकिझकाउ पारिएको छ । आज छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै छ । सर्वसाधारणहरुले छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् ।

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन काठमाडौं लगायत देशका अन्य स्थानमा छठ घाट पनि सजाइएको थियो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका व्रतालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।

 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?