आज तीन दलको घोषणापत्र जारी हुँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन राजनीतिक दलले आज घोषणापत्र जारी गर्दैछन् ।

आज नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र जारी गर्न लागेका हुन् । माओवादीले आज केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजे कार्यक्रम गरेर ‘प्रतिबद्धतापत्र’ सार्वजनिक गर्ने जनाएको छ ।

एकीकृत समाजवादीले पनि पार्टी केन्द्रीय कार्यालयमा नै घोषणापत्र सार्वजनिक गर्न लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बिहान ११ः३० बजे काठमाडौं नयाँ बानेश्वरमा रहेको पार्टी प्यालेसमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

एमालेले भने घोषणापत्र ल्याउने मिति तय गरिसकेको छैन ।

यसअघि शनिबार मात्र नेपाली कांग्रेसले आगामी एक दशकको लक्ष्य सहितको चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको थियो । घोषणापत्रमा कांग्रेसले ‘संविधान रक्षा, स्थिरता र समुन्नतिको आधारः नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मूलनारा दिएको छ ।

आगामी निर्वाचन लक्षित घोषणापत्रमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावबाट निर्वाचित भएपछि बन्ने सरकारले गर्ने कामको प्राथमिकता, योजना र लक्ष्य उल्लेख गरिएको छ । घोषणापत्रमा कांग्रेसले आगामी एक दशकभित्रमा नेपाललाई मध्यम आय भएको समन्यायिक मुलुक बनाउने लक्ष्यसहित समुन्नत नेपालको मार्गचित्र समावेश गरेको छ । कांग्रेसले समुन्नत नेपालका पाँच आधारहरू घोषणापत्रमा उल्लेख गरेको छ ।

लोकतन्त्रको शुद्धीकरण र सुशासन, समावेशी आर्थिक सामथ्र्य, समन्यायिक समाज र सांस्कृतिक सहअस्तित्व, जलवायु परिवर्तन, वातावरण र विपद् व्यवस्थापन, सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकालाई समुन्नत नेपालको दुई आधार भनिएको छ । लोकतन्त्रको शुद्धीकरण र सुशासनका लागि नीतिगत भ्रष्टाचारलाई पूर्णतया निरुत्साहित गर्ने, सम्पत्ति शुद्धीकरण एवं राजस्व अनुसन्धान जस्ता विभागहरूलाई थप प्रभावकारी बनाइने, प्रधानमन्त्रीको प्रत्यक्ष मातहतमा एक अधिकारसम्पन्न संयन्त्रले सदाचार पद्धतिको विकास, भ्रष्टाचारको जोखिम बढी भएका क्षेत्र र पदाधिकारीउपर निगरानी र संवैधानिक आयोगहरूमा सिफारिस गर्न सक्ने व्यवस्था गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?