काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिनामा व्यापारघाटा तीन खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा व्यापारघाटा एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी र दोस्रो महिना भदौमा दुई खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रहेकोमा असोजमा एक खर्ब १४ अर्ब २५ करोडभन्दा बढी पुगेको छ । भदौमा एक खर्ब २८ अर्ब ४४ करोडको व्यापारघाटा थियो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्यांकअनुसार सो अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवको तीन महिनामा भएकोे निर्यातको तुलनामा ३५.७१ प्रतिशत कम हो ।
गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँभन्दा बढीको निर्यात भएको थियो । चालु आवको पहिलो तीन महिनामा भारतलगायत तेस्रो मुलुकबाट चार खर्ब ९९ करोडभन्दा बढीको वस्तु तथा सामान आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १६.२० प्रतिशत कम हो ।
तीन महिनामा १६.२० प्रतिशतले आयात घटेको छ । तीन महिनामा चार खर्ब ४२ अर्ब ८१ करोड ८५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा नेपालले पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
चालु आवको तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल २९ अर्ब २९ करोड ८१ लाख, पेट्रोल १८ अर्ब २२ करोड ४४ लाख एलपिजी ग्याँस १४ अर्ब ९४ करोड ३६ लाख, कच्चा भटमास तेल १४ अर्ब चार करोड आठ लाख, कच्चा पाम तेल नौ अर्ब ९७ करोड दुई लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, मोबाइल आठ अर्ब ५३ करोड ३० लाख, फेयरनेस वस्तु नौ अर्ब ५५ करोड ५२ लाख, रासायनिक मल छ अर्ब ४१ करोड ४९ लाख रुपैयाँको आयात भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका