ब्राजिलमा राष्ट्रपति निर्वाचनः सिल्भाको कमव्याक

हिमालय टाइम्स
Read Time = 2 mins

रियो दि जेनेरियो । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् । आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।

यसैबीच, राष्ट्रपतिमा निर्वाचित सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ‘शान्ति र एकता’ को लागि आह्वान गरेका छन् । देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे ।

स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन, ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने । आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए ।

भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए । तथापि उनको लोकप्रियता खासै खस्किएको थिएन जुन पछिल्लो मत परिणामले देखाएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?