अब स्किल सेवासँग मिलेर व्यवसाय गर्न सकिने

Read Time = 1 min

काठमाडौंं । जे गरौँ, नेपालमै गरौँ भन्ने नाराका साथ युवालाई लक्षित गर्दै स्किल सेवाले बिजनेस पार्टनरसिप योजना ल्याएको छ ।

जहाँ युवाले स्किल सेवासँग मिलेर काम गर्न सक्ने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत कम्पनीले ट्रेनिङ, फाइनान्सियल रिस्क कभरेज, टेक्निकल सपोर्ट, मोबाइल एप तथा वेबसाइटहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

विगत चार वर्षदेखि सिकेको ज्ञान, सीप, बिजनेस आइडिया तथा सपोर्टसँगै व्यवसाय गर्ने योजना बनाइएको र योजनाअन्तर्गत कम्पनीसँग काम गर्दा केही लगानी गर्नुपर्ने बताइएको छ । तर, लगानीकोे शतप्रतिशत ओनरसिप भने लगानीकर्ताकै हुने र आम्दानी भने बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?