गुजरातमा झोलुंगे पुल चुँडिदा मृत्यु हुने १४० पुगे

हिमालय टाइम्स
Read Time = 1 min

अहमदाबाद । गुजरातको मोरबीमा रहेको एउटा भोलुंगे पुल चुँडिदा मृत्यु हुनेको संख्या १४० पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।

पुल चुँडिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?